सरकार र डा. केसीका माग बीचको बार्ता : मनमोहन विधेयकको विषय बाहेक सबै मागमा सहमति
काठमाडौँ, ६ साउन – सरकार र डा. गोविन्द केसीका टोलीबीचको बार्ता सहमति नजिक पुगेको छ । दिउसो सवा ३ बजेबाट झण्डै ४ घण्टा चलेको बार्ता अहिले केही क्षणका लागि स्थगित भएको छ ।
बार्ताटोलीका एक सदस्यका अनुसार डा. केसीले उठाएका ४ वटा माग मध्ये ३ वटामा सहमति भएको छ । तर तेस्रो नं वुदामा रहेको प्रस्तावित मनमोहन चिकित्सा विज्ञान प्रतिष्ठान विधेयकको बारेमा भने अझै मिलिसकेको छैन् ।
दोस्रो वुदामा रहेको अख्तियार प्रमुखलाई महाअभियोग लगाउने विषयमा संसदमा कुरा उठने भएको भन्दै दुवै पक्षले संसदको जिम्मा छोडिदिएको बताइएको छ ।
त्यसलाई सरकारी प्रतिष्ठानको रुपमा लैजाने कि के गर्ने भन्ने विषयमा छलफल जारी छ । अहिले सरकारी टोली प्रधानमन्त्रीलाई व्रिफिङ गर्न बालुवाटार पुगेको छ । डा. केसीका प्रतिनिधीहरु उनलाई ब्रिफिङ गर्न टिचिङ अस्पताल पुगेका छन् ।
बार्ताटोलीमा सरकारका तर्फबाट स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती, शिक्षा निमित्त सचिव डा. लवदेव अवस्थी तथा केसीका तर्फबाट डा. रञ्जन सापकोटा, डा. जीवन क्षेत्री, डा. अञ्जनीकुमार झा, लिलन महर्जन लगायतका सदस्य थिए ।