डा. गोविन्द केसीका मागबारे छलफल गर्न संसदमा प्रस्ताव दर्ता
काठमाडौँ, ६ साउन – डा. गोविन्द केसीले उठाएका मागका बारेमा सम्वोधन गर्न विहीबार व्यवस्थापिका संसदमा प्रस्ताव दर्ता भएको छ । कांग्रेस सभासद् गगन थापाको प्रस्तावमा कांग्रेसकै धनराज गुरुङ र माओवादी सांसद श्याम श्रेष्ठले समर्थन गरेका छन् ।
डा केसीले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने , प्रस्तावित मनमोहन चिकित्सा विज्ञान प्रतिष्ठान विधियक फिर्ता लिनुपर्ने लगायतका माग राखी अनसन बसेका छन् ।
केही बेर अघि मात्रै स्वास्थ्य मन्त्रालयमा डा केसीको मागका बारेमा सरकारी टोलीसंग बार्ता सुरु भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 





