डा. केसीलाई भेट्न सभामुख शिक्षण अस्पताल जाँदै

0
Shares

dr kc
काठमाडौँ, ५ साउन –  डा. केसीलाई भेट्न सभामुख ओनसरी घर्ती त्रि.वि शिक्षण अस्पतालमा आउने भएकी छन् ।

अनशन बसेको एघार दिन पछि सभामुख डा. केसीलाई भेट्न आउन लागेकी हुन् । डा. केसीले यसपटक उठाएका केही मागहरु संसदसंग पनि सम्बन्धीत रहेको छ । त्यसकारण पनि सभामुख भेट्न आउनुलाई महत्वपूर्ण कदमको रुपमा हेरिएको छ ।

सभामुखका स्वकीय सचिव बबिन शर्माका अनुसार अबको केही समयमै सभामुख घर्ती अनशनस्थल त्रि.बि शिक्षण अस्पताल आइपुग्ने बताएका छन् । अहिले सभामुख राष्ट्रपति कार्यालय शितल निवासमा भेटघाटमा रहेकी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *