त्रिपुराकोटमा प्रसूति सेवा सुरु
डोल्पा, ५ साउन – यहाँको त्रिपुराकोट गाविस त्रिपुराकोटमा रहेको स्वास्थ्य केन्द्रमा पहिलो पटक प्रसूति सेवा सुरु गरिएको छ ।
भवन निर्माण भएपनि प्रसूति सामग्री तथा दक्ष स्वास्थ्यकर्मीको अभावमा सञ्चालनमा आउन सकेको थिएन । स्वास्थ्य चौकी इन्चार्ज अनन्त चौधरीले भन्नुभयो – “अहिले तालिमप्राप्त स्वास्थ्यकर्मी र आवश्यक सामग्रीको व्यवस्था छ । गत आइतबारदेखि ल्हाँ गाविस–४ बस्ने एकजना दलित महिलालाई सफल प्रसूति गराएर सेवा सुरु गरिएको हो ।”
प्रसूति केन्द्र सञ्चालनमा आएपछि सुरक्षित प्रसूतिको अभावमा अकालमै ज्यान गुमाउने गरेका त्रिपुराकोट गाविसका महिलालाई राहत हुने भएको छ ।
-रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]