त्रिपुराकोटमा प्रसूति सेवा सुरु
डोल्पा, ५ साउन – यहाँको त्रिपुराकोट गाविस त्रिपुराकोटमा रहेको स्वास्थ्य केन्द्रमा पहिलो पटक प्रसूति सेवा सुरु गरिएको छ ।
भवन निर्माण भएपनि प्रसूति सामग्री तथा दक्ष स्वास्थ्यकर्मीको अभावमा सञ्चालनमा आउन सकेको थिएन । स्वास्थ्य चौकी इन्चार्ज अनन्त चौधरीले भन्नुभयो – “अहिले तालिमप्राप्त स्वास्थ्यकर्मी र आवश्यक सामग्रीको व्यवस्था छ । गत आइतबारदेखि ल्हाँ गाविस–४ बस्ने एकजना दलित महिलालाई सफल प्रसूति गराएर सेवा सुरु गरिएको हो ।”
प्रसूति केन्द्र सञ्चालनमा आएपछि सुरक्षित प्रसूतिको अभावमा अकालमै ज्यान गुमाउने गरेका त्रिपुराकोट गाविसका महिलालाई राहत हुने भएको छ ।
-रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



