अस्पतालमा खानेपानीको अभाव
जाजरकोट, ४ साउन – जिल्ला अस्पतालमा औषधि खान पनि पानी नहुँदा समस्या भएको छ ।
अस्पतालमा बिरामीको चाप भए पनि खानेपानीको अभाव छ । पानीकै अभावमा शौचालय, लत्ताकपडा, अस्पतालमा दैनि प्रयोग हुने सामग्री समेत सफा गर्न नपाइएको डा. राजेन्द्र जिसीले बताए ।
वर्षाको पानी जम्मा गरी बिरामीका आफन्तले कपडा सफा गर्ने गरेका छन् । अस्पतालमा आउने पानीको लाइन पहिराले भत्काउँदा पाँच दिनदेखि खानेपानीको आपूर्ति बन्द भएको हो ।
अस्पतालमा दैनिक ४० भन्दा बढी बिरामी आउने गर्छन् । गाउँका सबै स्वास्थ्य संस्थामा बिरामीको निकै चाप छ ।
– रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



