खार्मी गाविस पूर्ण खोपयुक्त

Khop

खोटाङ, ३ साउन –  जिल्लाको उत्तरी गाविस खार्मीलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गाविसमा रहेका दुई वर्षमुनिका बालबालिकालाई नेपाल सरकारले सञ्चालन गरेको सबै प्रकारका रोप लगाएको सुनिश्चित भएपछि खार्मी गाविसलाई आइतबार पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।

स्थानीय कालिका माविको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा घोषणा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले दशौँ गाविसका रुपमा खार्मी गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरेका हुन्।

सात सय ७४ घरधुरी रहेको खार्मी गाविसमा दुई वर्षमुनिका ७१ जना बालबालिका रहेका स्वास्थ्य चौकी खार्मीका प्रमुख नवीन लामिछानेले जानकारी दिए ।

गाविस सचिव तथा गाउँ स्वास्थ्य सहयोग समन्वय समितिका अध्यक्ष चित्रकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिधि, कार्यालय प्रमुख, पत्रकारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा किरात राईहरुको सांस्कृतिक ना साकेला सिलीसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्रजिअ कार्कीले खार्मी गाविसका सबै प्रकारका समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

खार्मीवासीले प्रजिअ कार्कीलाई गाविसको विकास निर्माण तथा शान्ति सुरक्षालाई गम्भीरताका साथ लिइदिन अनुरोध गरेका थिए । सदरमुकाम दिक्तेलसँग जोडिएको खार्मी गाविस विकास निर्माणको क्षेत्रमा पछाडि छ ।

– रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *