‘सरकारले सुरु गरेको स्वास्थ्य बीमा अपूर्ण’

काठमाडौँ, २ साउन – सरकारले सुरु गरेको स्वास्थ्य बीमा अपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले बीमाको पद्धती र प्रक्रियामा समेत ढंग नपुगेको दावी गरेका छन् ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र ( रेस्फेक)द्धारा आइतबार राजधानीमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य बीमाका लागि तय गरिएको थुप्रै व्यवस्थामा संसोधनको आवश्यकता भएको समेत बताए ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययनसंस्थान आइओएमका प्राडा सरद वन्तले बीमा सुरु भईसकेपनि मोडालिटीमा परिवर्तन गर्नुपर्ने बताए । सुरु त भईसकेको छ , तर यसको सफलताको लागि कतिपय बुदाहरुमा परिवर्तन जरुरी छ । उनले कसरी प्रिमियम तिर्ने, बीमा प्रक्रिया कसरी हुने, कुन मोडेलमा हुने लगायतका विषयमा अझै अस्पष्ट रहेको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्वास्थ्य बीमा गरीव जनतालाई गुणस्तरीय स्वास्थ्यमा पहुँच पुरयाउनका लागि उपयुक्त हुनुपर्ने भन्दै अहिले सुरु गरिएको पद्धतीले त्यस्तो संकेत देखा परिनसकेको बताए । ‘सुरु त भएको छ तर त्यसले जनतालाई कति फाइदा दिन्छ भन्ने कुरा महत्वपूर्ण हो त्यो अहिलेसम्म देखिएको छैन्,’ नेता पौडेलले भने ।

उपभोक्ता हीत संरक्षण मञ्चका ज्योति बानियाले बीमा कार्यक्रम आइएनजीओको खेतिपाती भएको आरोप लगाउदै यसले प्राविधिक सहयोग गर्ने निकाय कोइका धर्मप्रचारका लागि उद्धत रहेको दावी गरे ।

स्वास्थ्य अर्थशास्त्री डा शिब अधिकारीले सरोकारवालाबीच सल्लाह नगरि ल्याइएको यो बीमा कार्यक्रम असफल हुने ठोकुवा गरे । उनले अहिलेको पद्धतीले अनावश्यक खर्च बढाएको र जनताबाट उठाएको पैसा अनावश्यक ठाँउमा पुग्ने भन्दै यसलाई तत्काल परिमार्जन गर्नुपर्ने आवश्यक रहेको बताए ।

कार्यक्रममा सामाजिक स्वास्थ्य सुरक्षा समितिका कार्यक्रम अधिकृत प्रणय उपाध्यायले बीमा कार्यक्रम सञ्चालन प्रक्रियाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै लुम्विनी जनरल इन्स्योरेन्सका विनोद श्रेष्ठ, कोइकाका प्रभात थापाले स्वास्थ्य बीमा बारेमा विचार राखेका थिए ।

रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले जनताको स्वास्थ्यसंग प्रत्यक्ष सम्वन्ध राख्ने विषय भएको र यसको पद्धतीबारेमा आम सर्वसाधारण तथा सरोकारवाला समेत अनविज्ञ भएकोले विषयको उठान गराइदिएको बताए । उनले स्वास्थ्यबीमालाई थप प्रभावकारी बनाउन नागरिक समाजको उत्तिकै जोड रहेको भन्दै भविस्यमा पनि ‘वाच डग’को रुपमा काम गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *