मुखको दुर्गन्ध कसरी हटाउने ? अपनाउनुहोस् यी घरेलु उपाय

a young woman holds in her hand to her mouth to sneeze. halitosis and bad breath

१.  खानामा रेसादार /फाइबरयुक्त सब्जीहरु समाबेश गर्नुहोस्।

२.  एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस्, यसले मुखको अम्लियपना कम गरी सास गनाउने समस्या कम गर्छ ।

३.  बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ ।

४.  तातो पानीमा नून मिसाएर कुल्ला गर्नुहोस्।

५.  जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ ।

६.  हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चबाउने गर्नुहोस् ।

७.  पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासलाई ताजा राख्छ ।

८.  प्रसस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस् यसले पाचन प्रणालीलाई सफा राखी सास गनाउने समस्या हुन दिदैन ।

९.  बिहानर बेलुका खाना खाइसकेपछि दुईपटक दाँत माझ्ने बानी गर्नुहोस् ।

१०.  हरेक दिन बिहान एक गिलास पानीमा एउटा कागती निचोरेर त्यसले कुल्ला गर्नुहोस्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *