कीर्तिपुर खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा

काठमाडौँ, १ साउन – कीर्तिपुर नगरपालिकालाई एकै पटक खुल्ला दिसामुक्त, पूर्ण खोपयुक्त र पूर्ण साक्षार नगरपालिका शुक्रबार घोषणा भएको छ ।

त्यस क्षेत्रर्लाइ खुल्ला दिसामुक्त बनाउनका लागि खानेपानी क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय, पूर्ण खोपयुक्त बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय र पूर्ण साक्षार बनाउन जिल्ला शिक्षा कार्यालयको सहयोग थियो ।

यहाँ आयोजित कार्यक्रममा सांसद राजेन्द्र केसीले यस विषयमा कीर्तिपुरवासीलाई प्रतिबद्धता व्यक्त गराउँदै घोषणा गरेका हुन्। उनले घोषणा गर्न मात्र ठूलो कुरा नभएको त्यसलाई कार्यान्वयन गर्न सबैको सहयोगको खाँचो औँल्याए ।

त्यसैगरी सांसद विनोद श्रेष्ठले पहिलो विश्वविद्यालय स्थापित भएको त्यस क्षेत्रमा शिक्षा तथा पूर्वाधारको विकास हुन नसकेकोमा चिन्ता गरे ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी, स्थानीय विकास मन्त्रालयका सहसचिव जीवनकुमार श्रेष्ठ, नगरपालिकाका कार्यकारी प्रमुख उद्धवप्रसाद रिजाल, सोही नगरपालिकाका प्रमुख लेखा अधिकृत सानुबाबु परियार, नगरपालिकाका सल्लाहाकार हीराबहादुर महर्जन र उद्धवप्रसाद बास्कोटाले सो नगरलाई तीनवटै विषय घोषणा गरिएकामा खुसी व्यक्त गर्दै अब त्यस क्षेत्रमा स्वच्छ, स्वस्थ्य बनाउन नगरवासीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *