पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २० करोड रुपैयाँ दिने सरकारको निर्णय
काठमाडौँ, ३१ असार – सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २० करोड रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
स्वास्थ्य उपचारमा विशिष्ठ सेवा उपलव्ध गराउनसकोस भन्दै उपकरण खरिदका लागि सो रकम दिने निर्णय भएको जनाएको छ ।
यसअघि गत आइतबार मन्त्रीपरिषद्ले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि २० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




