पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २० करोड रुपैयाँ दिने सरकारको निर्णय

patan swasthya big

काठमाडौँ, ३१ असार – सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २० करोड रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

स्वास्थ्य उपचारमा विशिष्ठ सेवा उपलव्ध गराउनसकोस भन्दै उपकरण खरिदका लागि सो रकम दिने निर्णय भएको जनाएको छ ।

यसअघि गत आइतबार मन्त्रीपरिषद्ले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि २० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *