समाचार प्रभाव : क्यान्सर पीडितलाई सहयोग

मोरङ, ३१ असार –  मोरङ राजघाट–५ छापन निवासी लिलामाया घिसिङको उपचारका लागि हङ्कङमा रहेका नेपालीबाट पठाइएको रु एक लाख ७३ हजार ४०० आर्थिक सहयोग बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ ।

स्थानीय सामाजिक अगुवाको सहयोगको याचनामा उक्त रकम सङ्कलन गरी क्यान्सर पीडित लिलामायाका दाई अमरबहादुर घिसिङ तामाङलाई बिहीबार बेलुका रकम हस्तान्तरण गरिएको हो ।

लिलामायाको दुखदायी समाचार राससलगायत अन्य सञ्चार माध्यमले लेखेपछि हङ्कङमा रहनुभएका उर्लाबारी–४ की सुष्मा वाइबा, दमक–१ का राजन तामाङ र राजघाट–५ निवासी पद्मा मोक्तानले आफ्नो ड्युटी पछिको खाली समयको सदुपयोग गर्दै आफ्नो ठाउँको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग सङ्कलन गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा उर्लाबारीका अग्रज पत्रकार दुर्गाप्रसाद खतिवडा, स्थानीय पत्रिकाका सम्पादक केदार चौहान, समाजसेवामा सक्रिय ज्ञानु योन्जन लामा, स्थानीय अग्रज पत्रकार हरि कोइराला, सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष घनश्याम भण्डारीलगायतको उपस्थिति रहेको थियो । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *