चतुराले पूर्ण खोप सुनिश्चित गाविस

0
Shares

Khop

नुवाकोट, ३० असार – चतुराले गाविसलाई आज पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको छ । सरकारले सबै बालबालिकालाई आवश्यक खोपको मात्रा पूरा गराउने उद्देश्यका साथ पूर्ण खोप सुनिश्चित गाविस घोषणा अभियान सञ्चालन गरिरहेको छ ।

सरकारले सन् २०२० सम्ममा नेपाललाई पूर्ण खोप सुनिश्चित मुलुक घोषणा गर्ने तयारी गरिरहेको छ । यही क्रममा नुवाकोटमा पहिलो पटक चतुरालेलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको हो । चालु आवमा ८ गाविसलाई पूर्ण खोप सुनिश्चित गाविस घोषाणा गर्ने जिल्ला स्वास्थ्य कार्यलयको योजना रहे पनि विविध कारणले एउटा मात्र गाविसलाई पूर्ण खोप घोषणा गर्न सफल भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विश्वराम श्रेष्ठले बताए ।

चतुराले स्वास्थ्य चौकीको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीले सो घोषणा गर्दै जिल्लाका अन्य गाविसलाई पनि पूर्ण खोप सुनिश्चित गाविस घोषणा गराउनको अभियानलाई तीव्रता दिन आग्रह गरे। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *