डा. गोविन्द केसीको अनसनप्रति प्रधानमन्त्रीको चासो, छलफलका लागि जीवन क्षेत्रीको टोली बालुवाटारमा

काठमाडौँ, २६ असार – डा.गोविन्द केसीले आज सुरु गर्न लागेको अनसनको बिषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले चासो ब्यक्त गरेका छन् ।

सोही बिषयलाई लिएर छलफल गर्न प्रधानमन्त्री ओलीले डा. केसीलाई बालुवाटार बोलाएका थिए । तर उनी अनसन बस्ने बेला भएको भन्दै जान अस्विकार गरेका छन् ।

यसै क्रममा छलफलका लागि उनका पक्षबाट डा.जीवन क्षेत्री, डा. सुमन आचार्य सहित पाँच जनाको युवा चिकित्सकको टोली प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेको छ ।

टोलीका एक सदस्य डा.सुमन आचार्यले छलफलका लागि प्रधानमन्त्रीले बोलाएपछि आफूहरु आएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *