तेह्र प्रजातिका जडीबुटी निर्यात

बागलुङ, २६ असार – जिल्लाबाट चालु आव २०७२/७३ मा तेह्र प्रजातिका जडीबुटी निर्यात भएको छ ।

साधारण च्याउ, सतुवा, वन लसुन, चुल्ठे अमिलो, विष्मा, नागबेली, चिराइतो, पदमचाल, दालचिनी, धूपीको पात, जटामसी, अतिस र खोटो निर्यात भएको हो । जिल्ला वन कार्यालयका अनुसार गत वैशाखसम्ममा ८२ हजार ६८९ किलो जडीबुटी निर्यात भएको छ ।

जडीबुटीबाट रु एक लाख १६ हजार राजस्व सङ्कलन भएको जिल्ला वन अधिकृत विन्दुकुमारी मिश्रले जानकारी दिइन् । सबैभन्दा बढी ७० हजार ८२० किलो सल्लाको खोटो निर्यात भएको छ । खोटोबाट बुर्तीवाङ क्षेत्रका सामुदायिक वनले रु आठ लाख ७५ हजार आम्दानी गरेका छन् ।

खोटो सङ्कलन र निर्यातबापत रु एक लाख १० हजार मूल्य अभिवृद्धि कर राज्यकोषमा जम्मा भएको छ । खोटोमा जिविसले प्रतिकिलो ५० पैसाका दरले कर लगाउने गरेको छ । खोटो निर्यातका लागि रुपन्देहीको माउन्ट रोजिन, कपिलवस्तुको कपिलवस्तु रोजिन र सुनसरीको हिमाली रोजिनसित सम्झौता गरिएको वन अधिकृत मिश्रले जानकारी दिइन्।

गत वर्ष १६ प्रजातिका जडीबुटी निर्यात भएको थियो । जिल्लामा ९० प्रजातिका जडीबुटी सूचीकृत छन् । सङ्कलन नहुँदा बहुमूल्य जडीबुटी त्यसै खेर गइरहेका छन् । “जङ्गलमा जडीबुटी प्रशस्त छ, अनुसन्धान र सङ्कलन हुनसकेको छैन,” । उपयुक्त सीप, उपकरण र प्रशोधन केन्द्र अभावमा जडीबुटीको बजारीकरण हुन नसकेको उनको भनाइ छ । इजाजत पत्र लिएपछि जिल्ला वनले जडीबुटी सङ्कलनका लागि एक महिनाको अवधि दिने गरेको गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *