मुख, कान, नाकको स्क्यान गर्न कान्तिपुर डेन्टलले भित्र्यायो अत्याधुनिक सीबीसीटी मेसिन
काठमाडौँ, २४ असार – बसुन्धरास्थित कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटलले अत्याधुनिक सिबिसिटी (कोन बिम कम्प्युटेड टेमोग्राफ्री) मेसिन सञ्चालनमा ल्याएको छ ।
घाँटी देखी माथिको भाग अर्थात मुख दन्त तथा म्यान्डिवलको थ्रीडी कोण स्क्यान गर्न सक्ने यो मेसिन सञ्चालनमा आएपछि मुख तथा दन्त रोगको जाँच पडताल तथा उपचारमा सहजता थपिने अस्पतालको दावी छ ।
अस्पतालका ओरल मेडिसिन एण्ड रेडियोलोजी विभागका प्रमुख डा. अंकित साहले मुख तथा दन्त उपचारमा अत्यन्तै प्रभावकारी मानिने यो मेसिनले मुखको क्यान्स, सिस्ट तथा ट्युमर पत्ता लगाउन उत्तिकै उपयोगी हुने दावी गरे । उनले यो अत्याधुनिक मेसिनले अन्य मेसिनको तुलनामा अत्यन्तै कम रेडियसन फाल्ने र माथि, तल र साइडबाट गरी थ्रीडी कोणबाट तस्विर निकाल्ने बताए ।
‘अरु सीटी मेसिनमा भन्दा यसमा १० गुना कम रेडियसन हुन्छ । यसले विरामीलाई हुनसक्ने रेडियसनको हानीमा पनि निकै कमी हुन्छ । यसले पठाउने इमेजहरु ९० माइक्रोनमा छुट्याउन सकिन्छ । यसले सानो भन्दा सानो समस्यालाई पनि स्पष्ठ ढंगले देखाउछ’ डा. साहले भने ।
उनले यो मेसिनले डेन्टल इम्प्लान्टगर्न,म्यान्डिवल फ्याक्चर भएका बेला हेर्न मात्रै नभई नाक तथा कानको समस्या तथा ओरल एण्ड म्याग्जिलोफेसियल समस्या पत्ता लगाउन समेत निकै सहयोगी हुने बताए ।
कान्तिपुरले झण्डै डेढ करोड लागतमा भित्रयाएको यो क्यास्ट्रीम हेल्थ युएस बेस्ड फ्रान्सेली कम्पनीले निर्माण गरेको हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 





