जङ्गली च्याउ खाँदा बाह्र बिरामी
भोजपुर,२४ असार – जङ्गली च्याउ खाँदा टक्सारको मालबासेमा १२ जना बिरामी परेका छन् ।
च्याउको तरकारीसँग बिहानको खाना खाएर काममा जुटेका मजदुरलाई एक्कासि रिङ्गटा लाग्ने, पेट पोल्न थालेको थियो ।
सदरमुकाम नजिकैको मालबासे खण्डमा सडक हेरालुको काम गरिरहेका पाँचथरका सन्तोष तामाङ, दीपेन तामाङ, महेन्द्र तामाङ, सपन तामाङ, वीरेन तामाङलगायत बिरामी परेपछि उनीहरुलाई जिल्ला अस्पताल ल्याइएको चिकित्सक नवलकिशोर झाले जानकारी दिए । रासस