काँग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा, सुधार भेन्टिलेटरबाट बाहिर निकालियो

0
Shares

sasanka koirala

काठमाडौँ, २३ असार – काँग्रेस महामन्त्री डा शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ । चिकित्सकहरुले अघि दिउसो ३ बजे देखी उनलाई भेन्टिलेटरबाट बाहिर निकालेका छन् । यद्धपी उनको अहिले पनि आइसियु कक्षमै राखेर उपचार भइरहेको छ ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षणका लागि मंगलबार बेलुका ओम अस्पताल पुगेका कोइरालाको बुधबार विहानदेखि एक्कासी स्वास्थ्य बिग्रिएको थियो । विहान ५ बजे अचेत अवस्थामा भेटिएपछि चिकित्सकहरुले उनलाई तत्काल भेन्टिलेटरमा राखेर उपचार गरेका थिए ।

बुधबार दिनभर चिन्ताजनक अवस्थामा उपचार गरिएका नेता कोइरालाको बेलुबाबाट स्वास्थ्यमा सुधार देखिएको थियो ।अस्पतालका मेडिकल डाइरेक्टर हरिश जोशीले नेता कोइरालाको स्वास्थ्यअवस्था सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको बताए ।

उनले अव कोइराला खतरा बाहिर रहेको समेत संकेत गरे । उनले कोइरालाको रक्तचाप बुधबार बेलुकादेखि नियन्त्रणमा रहेको, होस खुलेको र ब्रेन रेस्पोन्स समेत सामान्य बन्दै गएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *