सर्पको टोकाइबाट बालिकाको मृत्यु

0
Shares

snake bite

सल्यान, २२ असार –  सल्यानमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मर्मपरिकाँडा गाविस–६ की १३ वर्षीया खिमकुमारी विकको विषालु सर्पको टोकाइका कारण मङ्गलबार मृत्यु भएको हो ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ४ बजे खिमकुमारीलाई सर्पले टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएकी विकलाई उपचारका लागि रुकुमको चौरजहारी लिँदै गर्दा बाटोमै मृत्यु भएको मृतकका बुबा गणेश विकले जानकारी दिए ।

जिल्लाको उत्तर पश्चिममा पर्ने मर्मपरीकाँडा लगायतका दर्जन गाविसमा अस्पतालको समस्याका कारण बिरामीले समयमा नै उपचार गर्न नपाउदा बर्सेनि ज्यान गुमाउँदै आएका छन् । गएको वर्ष जिल्लमा सर्पको टोकाइबाट पाँच जनाले ज्यान गुमाएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *