आँखा कसरी स्वस्थ राख्ने ? अपनाउनुहोस् यी सात घरेलु उपाय

eyes

हामी आफ्नो शरीर तन्दुरुस्त राख्नका लागि व्यायाम गर्ने, पौष्टिक आहार सेवन गर्ने, प्रशस्त मात्रामा पानी पिउने आदि गर्छौ । तर हाम्रो स्वास्थ्यको महत्त्वपूर्ण अंग आँखालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फभने ध्यान पुर्‍याउन सकेका हुँदैनौं ।

आँखा संवेदनशील र सजिलै संक्रमण हुने अंग हो । यसलाई धूलो, धूवाँ, भाइरस, ब्याक्टेरिया आदिले सजिलै क्षति पुर्‍याउन सक्छ । यसलाई जोगाएर स्वस्थ राख्न हामीले अनेकौं उपाय अपनाउन सक्छौं ।

१. बिहान उठेपछि सफा पानीले मुख धुनुहोस् र नियमित व्यायाम गर्नुराम्रो हुन्छ।

२. व्यायाम र मर्निङवाकले शरीरका सबै प्रक्रिया व्यवस्थित गर्छ । शरीर सामान्य अवस्थामा भए आँखा स्वस्थ रहन्छ ।

३. शारीरिक व्यायाम गरेपछि आँखाको पनि व्यायाम गर्न सक्नुहुन्छ ।

४. बिहानी शीतल मौसममा हरियो, शान्त दृश्य हेर्नुहोस् ।

५. खुला आकाश हेर्नु सबैभन्दा राम्रोहुन्छ तर आँखालाई यता–उता घुमाउनु राम्रो होइन ।

६. ब्रेकफास्टमा फलफूलतिर जोड गर्नु आँखालाई राम्रो हुन्छ ।

७. स्वच्छ पानीको प्रयोगमा ध्यान दिनु जरुरी हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *