बीस हजार बालबालिकाले लिए पूर्ण खोप
नेपाली हेल्थ २०७३ असार १८ गते ७:१२ 0 झापा, १८ असार – जिल्लाका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जन्मेदेखि एक वर्षसम्मका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका हुन् ।
सन् २०१७ सम्ममा नेपालका सबै बालबालिकालाई पूर्ण दिइने अभियानअन्तर्गत झापाका २० हजार बालबालिकाले पूर्ण खोप लगाइसकेको पौडेलले बताए । झापाका अहिले शनिअर्जुन र शिवसताक्षी गरी दुई नगरपालिकासहित छ गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भएका छन् ।
पूर्ण खोपयुक्त गाविस धाइजन, शान्तिनगर, हल्दिवारी, बुधबारे, डाँगीबारी र गोलधाप रहेका छन् । दुवागढी गाविससहित विर्तामोड र गौरादह नगरपालिका पनि पूर्ण खोपयुक्त नगर घोषणाको तयारीमा रहेको खोप अधिकृत पौडेलले बताए ।
दुवागढी गाविस आज पूर्ण खोपयुक्त गाविस घोषणा हुँदैछ भने विर्तामोड २१ गते र गौरादह २२ गते पूर्ण खोपयुक्त नगर घोषणाको तयारी भइरहेको खोप अधिकृत पौडेलको भनाइ छ । रासस
सम्पर्क इमेल : [email protected]
-
नेपाल मेडिकल काउन्सिल मतगणना अपडेट : ८००० गणनामा को अघि, को पछि ?
-
नेपाल मेडिकल काउन्सिल मतगणना अपडेट : ६८०० गणना हुँदा कसको भोट कति ?
-
सुर्तीजन्य पदार्थको प्याकेटमा सतप्रतिशत चित्र छाप्ने निर्देशिका कार्यान्वयन सम्वन्धी मुद्धाले पायो अग्राधिकार
-
उच्च अदालत पाटनद्धारा डा. अरुण शाहीको उम्मेद्वारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
-
नेपाल मेडिकल काउन्सिल मतगणना अपडेट : ६००० गणना हुँदा कसको भोट कति ?
-
-
राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरीटेण्डेनमा डा. रुद्र मरासिनी नियुक्त
-
टिचिङ अस्पतालमा कार्यरत नयाँ पुस्ताका चिकित्सक र नर्स, अनि फेरिएको व्यवहार
-
मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. प्रमोदकुमार यादव नियुक्त
-
त्रिवि आईओएमका १६ जना चिकित्सक प्राध्यापक पदमा बढुवा (सूची सहित)
-
अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्ष बने प्राडा अमिरबाबु, सदस्यहरुमा थप तीन जना चिकित्सक नियुक्त
-








