तपाइँलाई फूर्सद छैन ? एक मिनेटमै रहनुस् स्वस्थ र फिट

yoga

एजेन्सी – खासगरी स्वस्थ रहनको लागि ब्यायाममा ३० मिनेट समय खर्च गर्न सम्झाइन्छ । तर आजको ब्यस्त जीवनमा कतिपयलाई यही ३० मिनेट समय निकाल्न पनि धौधौ पर्ने गर्छ ।

यदि तपाईँ पनि यही समूहमा पर्नु हुन्छ भने चिन्ता नगर्नुस् तपाइँको लागि खुसीको खबर छ । दैनिक केवल एक मिनेटको उच्च गतिको ब्यायामले पनि तपाइँलाई स्वस्थ र फिट राख्न मद्दत गर्छ ।

क्यानाडाको ‘मैकमास्टर यूनिभर्सिटी’ का बिशेषज्ञहरुले ब्यायामले शरीरमा पर्ने प्रभावको बिश्लेषण गरेर यो कुराको निचोड निकालेका छन् । अध्ययनका प्रमुख प्रोफेसर मार्टिनले उच्च गतिको ब्यायाम छोटो समयमा गर्नाले पनि सकाररात्मक प्रभाव देखाउने बताए । शोधकर्ताले यो नतिजा स्प्रीन्ट इन्टरनल ट्रेनिङ र मोडेरेट इन्टेन्सीटी कन्टीन्यूज ट्रेनिङको तुलना गरेर निकालेका छन् ।

अध्ययनमा २० – ३० मिनेटको ३ चरणको ब्यायाम र ४५ मिनेटको लगातार गरिने ब्यायाम प्रभावकारी हुने पाइएको थियो । तर समय अभाव हुनेहरुको हकमा भने केवल १ मिनेटको उच्च गतिको ब्यायाम पनि शरीरका लागि लाभदायक हुने देखियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *