यी हुन् अण्डा खानुका फाइदा

712
Shares

Eggs

अण्डामा विभिन्न खाले पौष्टिक तत्वहरु हुन्छन् ।यो गर्मी तथा ठण्डी सबै मौसममा उत्तिकै आवश्यक तथा लाभदायी खानेकुराको रुपमा रहेको हुन्छ ।

प्रोटिनले भरिपूर्ण अण्डा स्वास्थयका लागि निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन ए तथा भिटामिन डी दुबै हुन्छ । यसका साथै अण्डामा क्याल्सियम, फलाम तथा फस्फोरस जस्ता लवण पनि पाइन्छ ।

गर्मीमा अण्डा खाएमा यसले शरीरलाई् बाहिरी वातावरणको अधिक गर्मीबाट शितलता प्रदान गर्दछ ।

यसमा हुने विभिन्न लवण तथा अन्य तत्वहरुले सरीरमा फ्लुडको मात्रा सन्तुलनमा राख्न सहयोग गर्दछ भने शरीरलाई चाहिने उर्जा समेत प्रवाह गर्दछ ।

गर्मी याममा दिनमा १/२ ओटासम्म अण्डा खानु पर्याप्त हुन्छ । त्यसभन्दा बढि खानु लाभदायक हुँदैन । तर जो मानिस शारीरिक क्रियाकलापमा  लागेका छन्, वा जिमखाना धाइरहेका छन् उनीहरुले दिनमा ३ वटासम्म अण्डा खान सक्दछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *