यी हुन् अण्डा खानुका फाइदा

Eggs

अण्डामा विभिन्न खाले पौष्टिक तत्वहरु हुन्छन् ।यो गर्मी तथा ठण्डी सबै मौसममा उत्तिकै आवश्यक तथा लाभदायी खानेकुराको रुपमा रहेको हुन्छ ।

प्रोटिनले भरिपूर्ण अण्डा स्वास्थयका लागि निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन ए तथा भिटामिन डी दुबै हुन्छ । यसका साथै अण्डामा क्याल्सियम, फलाम तथा फस्फोरस जस्ता लवण पनि पाइन्छ ।

गर्मीमा अण्डा खाएमा यसले शरीरलाई् बाहिरी वातावरणको अधिक गर्मीबाट शितलता प्रदान गर्दछ ।

यसमा हुने विभिन्न लवण तथा अन्य तत्वहरुले सरीरमा फ्लुडको मात्रा सन्तुलनमा राख्न सहयोग गर्दछ भने शरीरलाई चाहिने उर्जा समेत प्रवाह गर्दछ ।

गर्मी याममा दिनमा १/२ ओटासम्म अण्डा खानु पर्याप्त हुन्छ । त्यसभन्दा बढि खानु लाभदायक हुँदैन । तर जो मानिस शारीरिक क्रियाकलापमा  लागेका छन्, वा जिमखाना धाइरहेका छन् उनीहरुले दिनमा ३ वटासम्म अण्डा खान सक्दछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *