‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ डा. कोइरालालाई
काठमाडौँ, १३ असार – मदन भण्डारी फाउन्डेसनले विसं २०७१ र ७२ का ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ क्रमशः महावीर पुन र डा. भगवान कोइरालालाई दिने भएको छ ।
पुनलाई सूचना प्रविधिका क्षेत्रमा र डा. कोइरालालाई चिकित्सा क्षेत्रमा पु¥याएको योगदानबापत दिन लागिएको सो पुरस्कारको राशि जनही रु. एक लाख एक रहने जनाइएको छ ।
पुरस्कार राष्ट्रपतिबाट जननेता मदन भण्डारीको ६५औँ जन्मजयन्तीका अवसरमा मङ्गलबार प्रदान गरिने छ । यसअघि सो पुरस्कार महजोडी र हेटौँडाको सहिद उद्यानलाई दिइएको थियो । – रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




