ब्राजिलमा स्वाइनफ्लू विरुद्ध उच्च सतर्कता

swinflu j

ब्रासिलिया, ९ असार – ब्राजिलमा पछिल्लो समयमा स्वाइन फ्लूका विरामी निकै बढ्न थालेपछि यसका विरुद्धमा उच्च सतर्कता अपनाउन थालिएको समाचारमा जनाइएको छ ।

ब्रजिलको स्वास्थ्य मन्त्रायलबाट प्राप्त पछिल्लो समाचारअनुसार सन् २०१६ मा मात्र स्वाइन फ्लूबाट आठ सय भन्दा बढीको ज्यान गइसकेको छ ।

यति धेरै नागरिकको ज्यान जानुका साथै पछिल्लो समयमा यस सङ्क्रमणका विरामीहरुको सङ्ख्या बढ्न थालेपछि यस्तो उच्च स्वास्थ्य सतर्कता अपनाउन थालिएको समाचारमा जनाइएको छ ।

यो वर्ष लागेपछि यसको प्रकोप अत्यधिक मात्रामा फैलिएको स्वास्थ्य अधिकारीहरुले जनाएका थिए । ब्राजिलको स्वास्थ्य विभागले प्रकाशन गरेको एक रिपोर्टमा त्यहाँ इन्फ्लुएन्जा ए अर्थात एचवान एनवान भाइरसबाट दिनहूँजसो नागरिकको ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयले हालैमात्र प्रकाशन गरेको उक्त प्रतिवेदनले ४५८१ जनामा यस सङ्क्रमणको प्रकोप देखिएको उल्लेख गरिएको छ । स्वाइनफ्लू स्वासप्रस्वासमा हुने रोग हो ।

यहाँ हाल पनि यस सङ्क्रमणबाट कम्तिीमा पनि एक हजार विरामी भर्ना भएका छन् । यसको सङ्क्रमण दर निकै बढ्दै गएकोले सबैतर्फ सतर्कता अपनाइएको बताइएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमा सतर्कता अपनाउन र यस सङ्क्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान सबैको ध्यानाकर्षण गराएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *