८६ जना नक्कली डाक्टर अझै ‘मेडिकल प्राक्टिस’मा ?

doctor clip

काठमाडौँ, ८ असार – गत माघ देखी अप्रेशन क्वाक सञ्चालन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) ले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा हालसम्म ५५ जना डाक्टर पक्राउ गरेको छ । तर सीआईबीको पक्राउ सूचीमा अझै ८६ जनाको नाम छ ।

स्रोत भन्छ, ‘ती डाक्टरहरुलाई अझै पक्राउ गर्न सकिएको छैन, त्यसकारण उनीहरु अहिले पनि कतै न कतै विरामीको उपचारमा सम्लग्न हुन सक्छन् ।’

त्यसो त नेपाल मेडिकल काउन्सिलले गत मंसिर १२ लिएको लाइसेन्स परीक्षामा दुई जना नक्कली परीक्षार्थी भेटिएपछि नक्कली डाक्टर खोज्ने अभियानले तिब्रता पाएको हो ।

काउन्सिलको गत २८ मंसिरमा बसेको बैठकले लाइसेन्स परीक्षामा पाँच भन्दा बढी पटक फेल भएकाको प्रमाणपत्र छानवीन गर्ने र त्यसको लागि उच्च माध्यमिक शिक्षा परिषद् र सीआइबीसंग समन्वय गर्ने निर्णय गरेको थियो । जसको समन्वय काउन्सिल अध्यक्ष डा धर्मकान्त बास्कोटाले गरेका थिए ।

काउन्सिलको सो निर्णय लगत्तै गत माघमा तीनवटै निकायका प्रतिनिधिहरु भारत विहार इन्टरमिडियट एजुकेशन काउन्सिल गई प्रमाणपत्र छानवीन गरेको थियो । त्यतिवेला ११६ जनाको छानवीन गर्दा २६ जना नक्कली भेटिएको थियो ।जसमध्ये पक्राउ परेका १२ जना ३० हजार धरौटीमा छुटिसकेका छन् ।

गत जेठको पहिलो साता पुन तीनवटै निकायका प्रतिनिधी पुन भारतस्थित विहार इन्टरमिडियट काउन्सिल गई प्रमाणपत्र छानवीनमा लागे । यसपटक ८०९ जनाको छानवीन गर्दा १०९ जनाको प्रमाणपत्र नक्कली भेटिएको थियो । ६ जनाको अनलाइन भेरिफिकेशन गर्दा नक्कली भेटिएको थियो ।

स्रोत भन्छ, ‘विहार इन्टरमिडियट एजुकेशन काउन्सिलबाट उत्तीर्ण भएका ९२५ जनाको प्रमाणपत्र छानवीन गर्दा १४१ जनाको प्रमाणपत्र नक्कली भएको पाइएको छ । तर हालसम्म पक्राउ ५५ जना मात्रै भएका छन् । बाँकी ८६ जनाले अहिले पनि चिकित्सकीय प्राक्टिस गरिरहेका हुनसक्छन् । किनकी तिनीहरु पक्राउ परेका छैनन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *