पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामै लायन्स मुटुरोग उपचार केन्द्र स्थापना

d'6'/f]u pkrf/ s]Gb|sf] z'ef/De  pkk|wfgdGqL l;kL d}gfnL klZrdf~rn If]qLo c:ktfn kf]v/fsf] xftfdf dªunaf/b]lv ;'? ul/Psf] nfoG; d'6'/f]u pkrf/ s]Gb|sf] z'ef/De ;df/f]xdf ;xefuL x'Fb} . tl:a/ M lgdbQ ;'j]bL, kf]v/f, /f;;

पोखरा, ७ असार –  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामा सोमबार लायन्स मुटुरोग उपचार केन्द्र स्थापना गरिएको छ ।

लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसनको आर्थिक सहयोग तथा पोखरा उद्योग वाणिज्य सङ्घ र लायन्स डिस्ट्रिक्ट ३२५ वी १ को सहकार्यमा उपचार केन्द्रमा करिब रु एक करोड ५० लाख बराबरको अत्याधुनिक मेसिन जडान गरिएको छ ।

यसमध्ये लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसनको रु एक करोड पाँच लाख, पोखरा उद्योग वाणिज्य सङ्घको रु १५ लाख, लायन्स डिस्ट्रिक्ट ३२५ वी १ को रु सात लाख र नपुग रु १३ लाख डिस्ट्रिक्ट ३२५ वी १ का गभर्नर ध्रुव थापाको निजी सहयोगमा मेसिन खरिद गरिएको हो ।

मुटुरोग उपचार केन्द्रको स्थापना भएपछि पोखरालगायत आसपासका जिल्ला र गाउँका मुटुरोगका बिरामीलाई उपचार गर्न सहयोग पुग्ने डिस्ट्रिक्ट ३२५ वी १ का गभर्नर ध्रुव थापाले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मुटुरोग उपचार केन्द्रको अस्पताल बनाउन थप रु नौ करोड लाग्ने र यसको सबै खर्च लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसनबाटै जुटाउने प्रतिबद्धता उनले व्यक्त गरे। हाल सो केन्द्रमा चारवटा श्ययाको व्यवस्था गरी उपचार सेवा सुरु गरिएको छ ।

यसअघि सो उपचार केन्द्र पोखरामा नहुँदा मुटुरोगका बिरामीलाई तत्काल काठमाडौँ पु¥याउन सकिएकालाई मात्रै बचाउन सकिने गरिएको र काठमाडौँ लैजान नसकिएका बिरामीले भने अकालमा ज्यान गुमाउनु पर्नेगरेको थियो ।

गत वर्षको भूकम्पबाट पीडित जनताको तत्काल राहत र उद्धारका लागि लायन्स क्लबले करिब रु पाँच करोड बराबरको राहत सामग्री जुटाएको पनि गभर्नर थापाले बताए ।

भूकम्पप्रभावित क्षेत्रका बिरामीलाई स्वास्थ्य उपचारमा सहयोग होस् भनेर लायन्सको पहलमा फोर्स मोटर्स भारतको तर्फबाट रु. एक करोड बराबरका तीनवटा अत्याधुनिक एम्बुलेन्सको व्यवस्था गरी काठमाडौँ, गण्डकी र धौलागिरिका विभिन्न क्षेत्रमा पठाएको बताइएको छ ।

त्यस्तै, भूकम्पबाट विभिन्न जिल्लामा भत्किएका ३० वटा विद्यालय निर्माणको कार्य सुरु गरिएको र भूकम्पबाट प्रभावित क्षेत्रका पीडितका लागि भूकम्प प्रतिरोधात्मक एक हजार घर बनाउने निर्णय समेत गरिएको उनले जानकारी दिए ।  – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *