बिषाक्त मदिरा सेवनबाट थप दुईको मृत्यु

drinking

गौशाला, ६ असार –  महोत्तरीमा अत्यधिक मदिरा सेवनबाट सिकिस्त भएका थप दुई जनाको गएराति मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका–७ बस्ने पञ्चा मल्लिककी पत्नी कलावतीदेवी मल्लिक र औरही गाविस–३ बस्ने बद्री मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शुक्रबार राति १० बजेसम्म समूहमै मदिरा सेवन गरेका तीन जनाको शनिबार बिहान २ देखि ४ बजेको समयमा मृत्यु भएको थियो भने अन्य व्यक्ति सिकिस्त भई उनीहरुको उपचार भइरहेको थियो ।

यसैबीच उपचारको लागि धरान पुगेकी कलावतीको धरानमै र बद्री मल्लिकको मृत्यु जनकपुर अञ्चल अस्पतालमा भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।

शनिबार सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्चा मल्लिकको मृत्यु भएको थियो ।  – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *