अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पशुपतिमा पाँचदिने योग शिविर

0
Shares

काठमाडौँ ५ असार – अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पशुपतिमा सांस्कृतिक कार्यक्रमसहितको पाँचदिने बृहत् योग शिविर मङ्गलबार आयोजना गरिने भएको छ ।

पशुपतिनाथ सेवक सङ्घ र आनन्द मार्ग प्रचार सङ्घको संयुक्त आयोजना एवम् नेपाल योग रिट्रिट, लियो क्लब अफ काठमाडौँको सहआयोजनामा शिविर हुन लागेको हो ।

शिविरमा नेपाल र भारतका प्रसिद्ध योगगुरुले योग प्रशिक्षण दिनाका साथै कलाकारले भक्तिज्ञान सहितको सांस्कृतिक कार्यक्रम समेत गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

अन्तर्राष्ट्रिय योग दिवस आयोजक समितिका संयोजक केदारमान भण्डारीले योगको विकास नेपालमै प्राचीन ऋषिमुनि, योगीले गरे पनि यसको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको गुनासो गरे । “विश्वलाई योगको प्रारम्भको विषयमा जानकारी गराउँदै नेपाललाई योग पर्यटनको विकास गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेका हौँ”–उनले भने।

योगलाई कुनै धर्म विशेषसँग जोडेर नहेरी जीवनोपयोगीे विज्ञानका रुपमा ग्रहण गरिनुपर्नेमा आयोजकले जोड दिएका थिए । योगमार्फत चित्त र मनलाई शुद्ध बनाएर नैतिकवान् समाज निर्माण गर्न सकिने योगगुरुहरुको भनाइ थियो । सो अवसरमा आचार्य महेन्द्रजी, आचार्य परिपूर्णानन्द अवधुत, श्यामबाबु आचार्य, शिव नन्दजीलगायतले योगको महत्वका विषयमा प्रकाश परेका थिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *