यी हुन् खाली पेटमा लसुन खाँदा हुने फाइदा

284
Shares

lasun
बिशेष गरी भान्सामा प्रयोग हुने लसुन औषधीको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । बिहान खाली पेटमा लसुन खानु  बढि प्रभावकारी हुन्छ । किनकी बिहानको समयमा ब्याक्टेरिया बढि मात्रामा बाहिर आएका हुन्छन्, जसलाई लसुनमा हुने तत्वले नष्ट गर्न सक्छ ।

खालीपेटमा लसुन सेवन गर्दा यस्ता फाइदा पाउन सकिन्छ :

उच्च रक्तचाप नियन्त्रण गर्न बिहान खाली पेटमा लसुनको केही केश्रा नियमित रुपमा खानाले रक्तप्रवाह सन्तुलित गराउँछ तथा मुटुसँग सम्बन्धित विभिन्न खाले समस्याका साथै कलेजो तथा पिसाबथैलीको संक्रमणको जोखिम समेत कम गर्छ ।

लसुनले आन्द्रा सफा राख्न मद्दत पुर्याउँछ । पेटसम्बन्धी समस्या भएकाहरूका लागि खाली पेटमा लसुन खानु अत्यन्तै उपयोगी हुन्छ । यसो गर्नाले पाचनक्रिया बलियो हुन्छ र अरुचि हट्छ ।

डायबेटिजग्रस्त मानिसले खाली पेटमा लसुन खानाले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्न मद्दत मिल्छ ।

लसुनको नियमित सेवनले कब्जियतको समस्या समेत कम गर्दछ ।

झाडापखाला नियन्त्रण सामान्य खाले झाडापखालको उपचारका लागि लसुनको सेवन हितकर हुन्छ । बिहान खाली पेटमा लसुन चपाउनुहोस्, त्यसले झाडाबान्तामा फाइदा मिल्छ ।

लसुनको सेवनले तनाव कम गर्नुका साथै पेटमा हुने अम्लपना  समेत नियन्त्रण गर्न सहयोग पुर्याउँछ।

दम, निमोनिया, ब्रोंकाइटिस, चिसो लाग्ने समस्या तथा खोकी लगायतका श्वासप्रश्वास जन्य समस्याको घरेलु उपचारमा लसुन निकै उपयोगी सिद्ध हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *