तीन गाविसका गर्भवती महिलालाई सुपानेट झुल वितरण

0
Shares

jhul

इलाम, ३२ जेठ –  औलो प्रभावित तीन गाविसका गर्भवतीलाई जिल्ला जनस्वास्थ्य कार्यालय इलामले सुपानेट झुल वितरण गरेको छ । स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त भएको कीटनाशक विषादीयुक्त झुल स्वास्थ्य संस्थामा कम्तीमा चार पटक गर्भवती परीक्षण गराउन आउने महिलालाई वितरण गरिएको हो ।

कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालका अनुसार औलो प्रभावित गाविसहरु बाँझो, महमाई र दानाबारी गाविसका गर्भवतीलाई झुल वितरण गरिएको हो ।

गाउँको सम्बन्धित स्वास्थ्य संस्थामा कम्तीमा चार पटक गर्भ जाँच गराएपछि उक्त स्वास्थ्य संस्थाबाट झुल उपलब्ध गराइँदै आएको छ , बरालले बताए । उनका अनुसार यो कार्यक्रमका लागि महाशाखाले ५८६ थान झुल पठाएको छ ।

त्यसो त औलोका रोगी नियमित १४ दिनसम्म औलो रोगको औषधि सेवन गरेमा पूरै ठीक हुने स्वास्थ्यकर्मी बताउँछन् । यो औषधि स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।

औलोबाट जिल्लामा एक जनाको पनि मृत्यु नभएको जनाउँदै कार्यालयले औलो नियन्त्रणका लागि गाउँगाउँमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ ।

विशेषगरी झापा जिल्लासँग सीमा जोडिएका इलामका गाविस बढी प्रभावित हुने भएकाले जिल्लाका चुरे क्षेत्रका गाविसमा बढी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको पनि सुपरभाइजर बरालले बताए । औलो रोग पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *