तपाईँको निन्द्रा पुगेको त छ ?

sleeping-kidआम मानिसले निदाउनुलाई मस्तिस्क र शरीरका अंगहरु आराम गर्ने बेलाका रुपमा लिन्छन, तर त्यसो मात्रै पनि होइन । किनभने निदाएको समयमा कतिपय अंगहरुले  झनै महत्वपूर्ण काममा संक्रियताका साथ लाग्नुपर्ने हुन्छ वा गरिरहेको हुन्छ ।

कति सयमको निद्रा भनेर अहिलेसम्म कसैले समयसिमा तोकेको छैन । लामो होस वा छोटो जो पनि जुनसुकै बेला निदाउन र व्युझिन सक्छ । तर बैज्ञानिकहरुले निद्राका बेलामा हुने कामका बारेमा भने केही तथ्यहरु फेला पारेका छन् ।

निदाएका बेला शरीरमा के काम हुन्छ ?

-निदाएको बेला मस्तिस्कका कोषहरुले स्मरणलाई चुस्त बनाई सञ्चय गर्ने काम गर्छ ।

-दिनभरको दौरान हामीले केके देखेका हुन्छौ । अनुभव वा अनुभूति गरेका हुन्छौ सोचेका हुन्छौ । भेटेका हुन्छौ त्यो सबै मस्तिस्कमा अस्थ्यायी रुपमा जम्मा भएर बसेको हुन्छ । राती निदाएको बेलामा हाम्रो मस्तिस्कका कोषहरुले दिनभर अस्थायी रुपमा जम्मा भएका कुराहरुलाई छानेर प्राथमिकताका आधारमा जम्मा गर्ने काम गर्छ । मस्तिस्कमा कुन कुरालाई छोटो समयका लागि जम्मा गर्ने वा कुनलाई लामो समयको सम्मको लागि जम्मा गर्ने भन्ने काम पनि निदाएकै बेलामा हुने गर्छ ।

-निदाएको बेलामा मस्तिस्कमा अस्थायीरुपमा जम्मा भएका सूचनाहरु थप चुस्त बनाई दीर्घकालिन स्मरणमा पठाउने का हुन्छ जसलाई कन्सोलीडेसन भनिन्छ ।

-निदाएका बेला दिनभर क्रियाशिल भई थाकेका अंगहरुमा पुर्न ताजगीका साथ स्फुर्ति बढाउन मद्धत गर्छ ।

-मांसपेशीको बृद्धि हुने काम पनि निदाएको बेला हुन्छ ।

-बिग्रेका कोष तंन्तुहरु बनाउने काम पनि निदाएका बेलानै हुन्छ ।

-शरीरका ग्रन्थीहरुबाट हर्मोन निस्कने काम पनि निदाएका बेला नै हुनेगर्छ ।

-ब्रेनमा भएको नचाईने रासायनिक  पदार्थहरु राती निदाएकै बेलामा हटने वा सफा हुने काम हुन्छ ।

Caucasian woman sleeping in bed

को कति समय निदाउनु राम्रो ?

स्वस्थ सुताई सबैलाई जरुरी हुन्छ । मस्तिस्कमा भएको सूचनाहरु प्रक्रियामा लैजान । थाकेका मांसपेशी पुर्नर्ताजगीका लागि पनि सुत्न जरुरी हुन्छ । भर्खर जन्मेको बच्चालाई धेरै सुत्नुपर्छ । किनकी साना बच्चाहरुले दिनभर सिकेको कुरा मस्तिस्कमा प्रोसेसिंग गर्न धेरै समय लाग्छ । तर उमेर बढदै जाँदा सुत्नेक्रम पनि घटदै जान्छ ।

अमेरिकास्थित नेशनल स्लिप फाउण्डेसनले कुन उमेरका मानिसले कति समय निदाउनु स्वास्थ्यका लागि राम्रो भनेर सूची तयार पारेको छ ।

जस अनुसार ….

  • भर्खर जन्मेर ३ महिना हुँदासम्म १४ देखी १८ घण्टा सम्म निदाउनु स्वास्थ्यका लागि राम्रो ।
  • ४ देखी ११ महिनाका बच्चाहरु १२ देखी १५ घण्टासम्म निदाउनुपर्छ ।
  • १ देखी २ बर्षसम्मको बच्चाहरु ११ देखी १४ घण्टासम्म निदाउनुपर्छ ।
  • ३ देखी ५ बर्षसम्म १० देखी १३ घण्टा घण्टासम्म निदाउनुपर्छ ।
  • ६ देखी १३ वर्षसम्मको बच्चा ९ देखी ११ घण्टासम्म निदाउनुपर्छ ।
  • १४ देखी १७ बर्षसम्मको किशोर किशोरी ८ देखी १० घण्टासम्म निदाउनुपर्छ ।
  • १८ देखी २५ बर्षको युवाहरु ७ देखी ९ घण्टासम्म निदाउनुपर्छ ।
  • २६ देखी ६४ बर्षसम्मका व्यक्ति ७ देखि ९ घण्टासम्म निदाउनुपर्छ ।
  • ६५ देखी माथिका ७ देखी ८ घण्टासम्म निदाउनुपर्छ ।

-एजेन्सीको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *