क्यान्सरबाट जोगिने चार सुत्र

kishore
किशोरकुमार प्रधानाङ्ग

१. सुर्तीजन्य पदार्थ र जाँड रक्सीकोे सेवन नगर्ने :

चुरोट बिँडी, तमाखु, खैनी, सुर्ती आदिको सेवनले मुख, स्वासनली, फोक्सो, आमासय, गर्भासय, मुत्रनली, मिर्गौला आदि अंगहरुको क्यान्सर हुन्छ ।tobacco and alco

२. अस्वस्थकर  खानपिन र बानीव्यवहारमा सुधार गर्ने :

वातावरणीय र व्यवसायिक प्रदुषणबाँसी, सडेगलेको, ढुसी परेको, हानिकारक रङ्गहरू भएको खाना, किट्नासक, औषधि र रसायनिक मलहरू प्रयोग भएको अन्न, फलफुल, तरकारी र सागपातहरू, धेरै नुनिलो, बोसो भएको मासुको सेवनले विभिन्न अंगको क्यान्सर गराउने भएकोले नखाने ।

polutionbisadi

३. दैनिक सक्रिय जीवनशैली अपनाउने :

दिनहुँ कम्तीमा पनि ४५ मिनेटसम्म विभिन्न किसिमको व्यायम वा कामहरु गर्नुपर्छ ।

exercise

४. नियमित स्वास्थ्य जाँच गर्ने :

 क्यान्सरबाट जोगिने एक उपाय भनेको बेला बेलामा स्वास्थ्य जाँच गर्नुपनि हो । जस्तो कि महिलाहरुले पाठेघरको मुखको क्यान्सर विरुद्धको जाँच, स्तनको जाँच , त्यस्तै पुरुषहरुले पनि शरीरका विभिन्न जाँच गराइराख्नुपर्छ । चिकित्सकको सल्लाह अनुसार हरेक बर्ष, दुई बर्ष , तीन बर्ष वा पाँच पाँच बर्षमा स्वास्थ्य जाँच गर्दा रोग लागेको छ भने पनि छिटै पत्ता लाग्न सक्छ ।

presser

# प्रधानाङ्ग बिपीकोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *