सामान्य चिकित्सा, फार्मेसी र नर्सिङ विषयमा बैकल्पिकलाई बाटो खुल्यो

4.9k
Shares

काठमाडौँ, २० जेठ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीइभीटीे निश्चत वर्ग तथा समुदायका लागि छुट्याएको प्राविधिक विषयको छात्रबृत्तिमा भर्ना हुन पुन आवहान गरेको छ ।

देशभरका चेपाङ, हलिया, कमैया, लोपोन्मुख जाती, सुदुर पश्चिम तथा मध्यपश्चिम पहाडी १० जिल्लाका दलित, दाङ र कैलालका दलित तथा विपन्न मुसलमान परिबारका छात्र, छात्राहरुलाई छात्रबृत्ति छुट्याएको थियो ।

तर सो छात्रबृत्ति नाम निकालेका परीक्षार्थीहरु भर्नाका लागि नपुगेपछि उक्तसीटमा बैकल्पिक उम्मेदवारलाई अवसर दिने भन्दै भर्नाका लागि आवहान गरेको छ ।

प्रावधिक विषयका छात्रबृत्तिमा प्रमाणपत्र तह सामान्य चिकित्सा, डिप्लोमा इन फार्मेसी, प्रमाणपत्र तह नर्सिङ विषय लगायतका अन्य ७ विषय छन् । सूचनामा ३० जेठ भित्र भर्ना भइसक्नुपर्ने उल्लेख छ ।

विस्तृत जानकारीका लागि सूचना हेर्नुहोला

ctevt

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *