यी हुन् बजेटले आशा गरेका स्वास्थ्यका नौ उपलब्धी

suchak1

काठमाडौँ १६ जेठ – सरकारले आगामी आर्थिक बर्षमा स्वास्थ्यमा हुनुपर्ने उपलव्धीका सूचकहरु सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७३ ०७४ को बजेटका अपेक्षित उपलब्धिका सूचकहरु भन्दै शनिबार सार्वजनिक गरिएको बजेट बक्तव्यमा स्वास्थ्यका ९ वटा क्षेत्रका लागि उपलव्धीका सूचक सार्वजनिक गरिएको हो ।

ती सूचकहरुमा स्वास्थ्य संस्थाबाट प्रसुति सेवा लिन दर ५५ प्रतिशतबाट बढाएर ६० प्रतिशत पुरयाउने , परिबार नियोजनको आधुनिक साधन प्रयोगदर ४९.६ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुरयाउने रहेको छ ।

त्यस्तै चौथोपटकसम्म गर्भवती जाँच गर्ने दर ५९ प्रतिशतबाट बढाएर ६१ प्रतिशत पुरयाउने, स्वास्थ्यकर्मीद्धारा प्रसुति सेवा प्राप्त गर्ने दरमा ५० प्रतिशतबाट बढाएर ५५ प्रतिशत पुरयाउने लक्ष्य लिएको छ ।

चालु आवको बजेटले मातृमृत्युदर प्रति लाखमा २५८ बाट घटाएर १५१ जनामा झार्ने लक्ष्य लिएको छ । तर बालमृत्यु दर र शिशु मृत्युदरमा भने हाल रहेको उपलव्धीलाई नै यथावत राखेको छ । अहिले बालमृत्युदर प्रतिहजारमा रहेको ३८ जना रहेको छ भने नवजात शिशुमृत्युदर प्रति हजारमा २३ रहेको छ ।

त्यस्तै यसपटकको बजेटले निशुल्क मुटुरोग उपचार पाउनेसंख्या ९२७ बाट बढाएर ११५० पुरयाउने र निशुल्क औषधि उपलव्धताको प्रकार गतवर्षको ७० लाई नै यथावत राख्ने लक्ष्य लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *