बोक्सीको आरोपमा छिमेकीले कुट्दा बृद्धाको गाला फुट्यो

dibya chaudhari
दिव्या चौधरी

काठमाडौँ, १३ जेठ – बोक्सीको आरोपमा निर्घात कुटिएकी ६५ बर्षीया बृद्धाको बसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटलमा उपचार भइरहेको छ । कुटाईबाट भाँचिएको दाँया आँखा मुनिको हड्डी (जाइगो मेडिक फ्याक्चर) मा चिकित्सकहरुले सल्यक्रिया गरि ‘टाइटेनियमको मिनिप्लेटस ‘हालेर जोडिदिएका छन् । अहिले उनी खतरा मुक्त छिन् ।

गत शनिबबार धनौरी गाविस १, चिलरिया दाङकी ६५ बर्षीया दिव्या चौधरी गोठालो गएका बेला छिमेकी हरिबहादुर चौधरीद्धारा बोक्सीको आरोपमा निर्घात कुटिएकी थिइन् । ३० बर्षीय हरिबहादुर भर्खरै मलेसियाबाट रोजगारि गरी फर्केका व्यक्ति हुन् ।

‘म बाटो नजिकैको खेतमा बस्तुभाउ चराउदै थिएँ उ (हरिबहादुर ) त्यहिबाटो हिड्दै थियो । कता हिड्यो भनेर मैले उसलाई हेरेको थिए । उसले एक्कासी चिच्यायो ए बोक्सी बुढि मलाई फेरी हेरेर बोक्सी लगाउदैछस् । म त छक्क परेँ मेरो छोराको साथी छोरासमानको मान्छेले त्यसरी चिच्याएपछि मैले के भनिस मात्रै भनेको थिए त्यसपछि आएर मुडकीले बजार्न थाल्यो । नाकबाट मुखबाट रगतका धारा छुटिहाल्यो’ अस्पतालको २२० सैयामा उपचाररत दिव्याले भनिन् , ‘त्यसपछि म कसो कसो गरेर फुत्किईहाले । भागे । उ भुन्भुनिदै गएको थियो घर पुगेर फेरी तरबार लिएर काट्छु भन्दै आयो म भित्र छिरे र ढोकाको गजवार लगाएँ । उसले दुई तिन पटक ढोकामा तरबार त हान्यो तर ढोका उघ्रिएन । हो हल्ला गरेपछि एक दुई जना केटाहरु आएर उसलाई समातेर लगे ।’

कुटाईबाट दाँया आँखा पुरिएकी दिव्यालाई परिबारका सदस्यहरुले तत्काल तुलसीपुर अस्पताल त्यहाँ एक रात राखेपछि अस्पतालले थप उपचारका लागि राप्ती अञ्चल अस्पताल घोराई पठायो । घोराइले सिटिस्क्यान गरेर गाला भित्रको हड्डी भाचिएको भन्दै थप उपचारका लागि काठमाडौँ लैजान सुझाव दियो । त्यसपछि बुहारी गीता चौधरीले सासु दिव्यालाई लिएर काठमाडौँ आइपुगिन् ।

DSC09356
उपचारका लागि काठमाडौँ लिएर आएका छोराबुहारी

विहीबार नेपाली हेल्थसंग कुरा गर्दै बुहारी गीताले चौधरी गाँउमा बोक्सी आरोप लगाउने चलन नभएपनि यसपटक बृद्धा सासुमाथि सांघातिक हमला भएको बताइन् । उनले हमलाबाट बृद्धा सासुआमाको शारीरिक साथै मानसिक आघात पुगेको जानकारी दिइन् । उनले सो घटनापछि परिबार समेत विच्छिप्त भएको बताइन् ।

काठमाडौँमै ज्याला मजदुरी गर्ने दिव्याका छोरा प्रकाशले आफ्नी बुढी आमामाथि बोक्सीको आरोप लगाई अमानवीय व्यवहार भएको भन्दै आक्रोस व्यक्त गरे । उनले आक्रमण गर्ने हरिबहादुर विरुद्ध पुलिसमा उजुरी समेत दिएको भन्दै तर अहिले आक्रमणकारी फरार भएको बताए ।

दाङबाट काठमाडौँ आएर उपचार गर्दा अप्रेसन अघिकै खर्च ५५ हजार नाघिसकेको भन्दै त्यसयताको खर्च झनै महंगो भएको भन्दै आर्थिक समस्या सुरु भइसकेको बताए । उनले आफूहरु ज्यालामजदुरी गर्ने परिबार भएकोले मनकारीहरुले सहयोग गर्न आग्रह गरे ।

उपचारमा सम्लग्न टोलीका एक डा. विकास देसारले कुटाईबाट भाचिएको दाँया आँखा मुनिको भाग अप्रेसन गरी जोडने काम सफल भएको भन्दै पुरा निको हुन समय लाग्ने बताए । उनले अहिले जाउलो मात्रै खान मिल्ने भएको भन्दै पहिले जस्तै खानका लागि ६७ महिना पर्खनुपर्ने बताए ।

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले चौधरी परिबारलाई मिलेसम्मको सहयोग दिएको बताए । ‘हामी बेड चार्ज लिदैनौ, औषधिको खर्च पनि जुटाउने प्रयासमा छौँ,’ नेपाली हेल्थसंग उनले भने ।

चौधरीको मुखको अप्रेसनमा डा. देसारसंगै डा. सुमित, डा. प्रेनीत, र एनेस्थेसियामा डा.हेमराज जोशी सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *