नर्सिङ विद्यार्थी ठग्ने डाक्टरलाई ९५ लाख जरिमाना

0
Shares

Dhanusha-nursing-collegeजनकपुर, ९ जेठ – जिल्ला अदालत धनुषाले विद्यार्थीसंग अनाधिकृत पैसा असुल गरेको आरोपमा धनुषा नर्सिङ कलेजका तत्कालिन निर्देशक डा. सञ्जीव यादवलाई दुई बर्ष जेल, साढे ४७ लाख रुपैयाँ जरिमाना र त्यतिनै विगो भराउने फैसला सुनाएको छ । यो फैसला पछि अब डा यादवले विगो सहित ९५ लाख बढी रकम तिर्नुपर्ने हुन्छ ।

जनकपुरस्थित नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साईन्स (धनुषा नर्सिङ कलेज) मा निर्देशक पदमा रहँदा बिद्यार्थीसँग अनधिकृत रकम उठाएर ठगी गरेको आरोपमा कजेलका सञ्चालक गायत्री देवीले दुई बर्ष अघि डा. यादव विरुद्ध मुद्धा दायर गरेकी थिइन् । मुद्धा दर्ता भएको दुई बर्ष पछि न्यायधीश ऋषिप्रसाद अधिकारीको इजलासले आइतबार फैसला सुनाएको हो । डा. यादव भने यतिवेला फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

अदालतको फैसला अनुसार आरोपी सञ्जीवले दुई बर्ष जेल र ४७ लाख ५२ हजार ६ सय विगो र त्यतिनै रकम जरिमाना बुझाउनु पर्नेछ ।
डा.यादवले विद्यार्थी भर्ना तथा शुल्कको नाउमा नक्कली रसिद दिएर ५३ लाख शुल्क असुल गरी बैंकमा दाखिला गरेका थिएनन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *