सुख्खा सरकारी तलवले मात्रै जीवन निर्वाह हुँदैन : सरकारी चिकित्सक संघ

काठमाडौँ, ८ जेठ – अहिलेको सरकारी तलवले मात्रै जीवन निर्वाह हुन नसक्ने भन्दै बाध्यतावस निजी अस्पतालहरुमा प्राक्टिस गर्नुपरेको सरकारी चिकित्सक संघ ( गोडान)ले बताएको छ । उसले निजी प्राक्टिस गर्न नपर्ने अवस्था ल्याउन सरकारले विद्यमान तलव सुविधामा तत्काल बृद्धि गर्नुपर्ने माग गरेको छ ।

केही दिन अघि झापामा सचेत नागरिक समूहको नामबाट सरकारी तलव खाएर निजीमा काम गर्ने चिकित्सक, काम गर्न दिने निजी सञ्चालकहरुलाई कारबाही गर्ने सूचना प्रकाशित भएको थियो । गोडानले यस्तो सूचनाले दैनिक जीवनयापनका लागि प्राइभेट प्राक्टिस गरिरहेका चिकित्सकहरुको जीवन खल्बलिने काम भएको जनाएको छ ।

महासचिव डा विष्णुरथ गिरीद्धारा जारी विज्ञप्तीमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र मातहतका कार्यालय, अदालत र महालेखा समेत काठमाडौँ केन्द्रीत कार्यालयका कर्मचारीर्ला थप प्रोत्साहन भनी अरबौँ रकम खर्चेको तर पचासौँ घन्टासम्म सेवा गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साह सुविधा वा सुरक्षाको ग्यारेन्टी समेत नभएको आरोप लगाएको छ । उसले सरकारले सुविधा बढाउन वेवास्ता गर्ने र सचेत नागरिकका नामा यस्ता विज्ञप्ती आउनुले मनोवल गिरेको समेत बताएको छ ।

गोडानले हाल दिइदै आएको सुख्खा तलवको आधारमा सरकार वा अन्य कुनै बाह्य पक्षबाट व्यक्तिगत अभ्यासको बाताबरण खल्बल्याउने प्रयास भएमा त्यो स्वीकार्य नहुने समेत बताएको छ । उसले यस्ता गतिविधी नरोकिए धमाधम राजिनामा दिदै जाने समेत उल्लेख गरेको छ ।

सरकारी चिकित्सक संघको विज्ञप्ती यस्तो छ

sarkari
सचेत नागरिक समूहले निकालेको विज्ञप्ती यस्तो छ

sachet

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *