ग्रान्डी अस्पतालमा हरेक बुधवार मधुमेहको निःशुल्क परीक्षण

grande-hospitalकाठमाडौँ, ४ जेठ – धापासीस्थित ग्रान्डी अस्पतालले जेठ महिनाको हरेक बुधवार मधुमेहको निःशुल्क परिक्षण गर्ने भएको छ ।

अस्पतालको इन्डोक्राइनोलोजी तथा डायबेटोलोजी बिभागमा जेठ महिनाका बुधबारहरु ५ गते,१२ गते,१९ गते र २६ गते निशुल्क परीक्षण हुने भएको हो ।

परीक्षणका लागि पुग्ने व्यक्तिले अस्पतालका इन्डोक्राइनोलोजीष्ट तथा डायबेटोलोजीष्ट डा. सन्देश पन्थी सँग निःशुल्क कन्सल्टेशन सँगै युरिन डिपिष्टिक तथा ग्लुकोमिटर टेष्ट गर्न पाउनेछन् ।

अस्तपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क परीक्षण गर्न लागेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *