कुकुरले टोकेर उपचार गर्न दैनिक डेढसय

0
Shares

Teku hospital

काठमाडौँ, ४ जेठ – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १५० जनाभन्दा बढी कुकुरको टोकाइबाट उपचारका लागि आउने गरेका छन् । अस्पतालमा दैनिक आउने २ सय विरामी मध्ये डेढ सय जना कुकुरले टोकेका विरामीहरु आउने गरेका छन् ।

अस्पतालका निर्देशक डा रमेश खरेलले दैनिक आउने विरामी मध्ये झण्डै तीन चौथाई कुकुरले टोकेका केश आउने गरेको बताए । उनले बजारमा भुस्याहा कुकुरको नियन्त्रण नहुँदा यस्तो समस्या आएको बताए ।

अस्पतालमा आउने अधिकांश बिरामीको उपचार सफल हुने गरेको भए पनि गत वर्ष रेबिजको लक्षण देखिइसकेकाले चार जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

रेबिजको लक्षण देखिइसकेका बिरामीको उपचार भने सम्भव हुँदैन । लक्षण देखिएको दुई हप्तापछि बिरामीको मृत्यु हुने गर्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *