कपाल कालो बनाउने घरेलु उपाय

124
Shares

hair1

१. कालो कफि  :

कालो कफिलाई कपालमा लगाएर केही समयसम्म राख्ने र सफा पानीले धूने गर्नाले कपाल प्राकृतिक रुपमा कालो बन्दै जान्छ । यो तरिका केही हप्तासम्म गर्नाले कपाल कालो हुनुका साथै सुन्दर र मुलायम हुन्छ ।

२. अमला :

कपालमा अमलाको प्रयोग परापूर्वकाल देखिनै हँुदै आएको पाइन्छ । अमला भिटामिन सी को प्रमुख स्रोत पनि हो । अमलालाई पानीमा उमालेर पेस्ट बनाई कपालको जरामा लगाउनाले कपाल कालो हनुका साथै कपाल झर्नबाट रोक्छ र कपाललाई मजबुत बनाउँछ ।

३. चियापत्ति :

चिया हामीले पिउने गरिन्छ तर कपालमा भने यसको प्रयोग कमै भएको पाइन्छ । चियालाई पानीमा उमालेर त्यस पानीले कपाल धूने गर्नाले प्राकृतिक रुपमा कपाल कालो हुँदै जान्छ र कपाल स्वस्थ र चम्किलो तथा मुलायम देखिन्छ ।

४. मेहंदी :

मेहंदी प्राय सबैले प्रयोग गर्दै आएको हुनु पर्छ । यसले कपाललाई नरम, मुलायम बाक्लो तथा लामो बनाउन मद्दत गर्नुका साथै कपालमा चायाँ हुनबाट रोक्छ । मेहंदीमा त्रिफला, शिकाकाई, अमला, चिया, कालो कफिको मिश्रण हुनछ । जसले कपाल रुखो हुनबाट जोगाउँछ । मेहंदीलाई दहीमा घोलेर लगाउनाले अझ फाइदाजनक हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *