मिडवाइफ्री सोसाईटी अफ नेपाल (मिडसन)को दोस्रो राष्ट्रिय सम्मेलन भोलीदेखि राजधानीमा

midwifre

काठमाडौँ – मिडवाइफ्री सोसाईटी अफ नेपाल(मिडसन) ले भोली (बुधबार) देखी राजधानीमा सुरु हुन लागेको दोस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलनको तयारी पुरा भएको जनाएको छ । हरेक तीन तीन बर्षमा हुने सो सम्मेलन भोली र पर्सी (बुधबार र विहीबार) लाजिम्पाटस्थित होटल रयाडिसनमा हुँदैछ ।

सम्मेलनको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मिडसन उपाध्यक्ष एवं सम्मेलन संयोजक गोमा देवी निरौलाले सम्पूर्ण तयारी पुरा भएको बताइन् । उनले यसपटकको सम्मेलनमा २५० भन्दा बढी नर्स, नर्स मिडवाइफ, चिकित्सक, जनस्वास्थ्यकर्मी, स्वास्थ्य शिक्षाविद, नीति निमार्णकर्ता तथा विदेशी प्रतिनिधीहरुको सहभागिता रहने जानकारी दिइन् ।

त्यसो त सम्मेलन भूकम्प पश्चात देशमा मातृ स्वास्थ्य सेवा प्रदान गर्न मिड्वाइफ्री जनशक्ति महत्वपूर्ण छन भन्ने विषयमा केन्द्रीत रहनेछ । त्यसका लागि भूकम्प प्रभावित जिल्लाहरुमा भूकम्प पश्चात मानवीय सेवाहरु प्रदान गर्नको लागि मिडवाइफको भूमिका सुनिश्चित गर्ने, यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि मिडवाइफ्रीको भूमिका, नेपालमा मिडवाइफ्री शिक्षाको मुद्धा र चुनौती लगायतका विषयमा कार्यपत्रहरु प्रस्तुत हुनेछ ।

मिडनसका अध्यक्ष प्रा. किरण बज्राचार्यले गर्भवती आमा र शिशुलाई गुणस्तरीयस्वास्थ्य सेवा प्रदान गर्न मिडवाइफ्री शिक्षा अनिवार्य रहेको बताइन् । उनले निकट भविस्यमै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ युनिभिर्सिटी स्कुल अफ हेल्थ साइन्सबाट मिडवाइफ्री शिक्षा सुरु हुन लागेको बताइन् ।

विभिन्न अध्ययनहरुबाट मिडवाइफ भएको स्थानमा बालमृत्युदर, दुई तिहाई र शिशु मृत्युदर आधाले घटेको देखिएको भन्दै नेपालका लागि यो शिक्षा अत्यन्तै आवश्यक र अनिवार्य भएको बताइन् । उनले मिडवाइफ्री शिक्षाको लागि भोली देखी हुने सम्मेलनले पनि सुझाव आउने बताइन् ।

नेपालमा पेशागत मिडवाइफको विकास गर्नको लागि सन २००६ मा नेपाल सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो । त्यसता मिडवाइफ्री जनशक्ती तयार गर्न दर्जनौ बैठक तथा अन्तक्र्रिया भए यद्धपी त्यसको व्यवहारिक कार्यान्वयन हुनसकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *