तपाईँको औला कति छन ? तर चीनमा ३१ वटा औला भएको शिशु जन्मियो

china1

चीन – हाम्रो हात र खुट्टाका सबै औला जोडदा कति हुन्छ ? पक्कै पनि २० हुन्छ । तर चीनमा हात र खुट्टाका गरी ३१ वटा औला भएका बालक जन्मिएका छन् ।

हुनान प्रान्तका ति बालकको दाँया हातमा ७ वटा र बाया हातमा ८ वटा औला छन् । त्यस्तै दुबै खुट्टामा आठ ८ – ८ औला छन् ।
हङहङ नाम गरेका ती बालक अहिले तीन महिना पुगिसकेका छन् ।

chaina2

चिकित्सकहरुले उनलाई जन्मजात रुपमा आउने पोलिड्याक्टाइजिल्म समस्या भएको बताएका छन् । यो समस्या भनेको हात र खुट्टामा हुनुपर्ने भन्दा बढी औलाहरु हुनु हो ।

त्यसो त बालकको आमामा पनि दुबै हात र खुट्टामा एक एक वटा औला बढी थियो । यहि कारणले यो समस्या सन्तानमा पनि होलाकी भन्ने यी बच्चाका आमा बाबुले सोचिरहेका थिए । गर्भवती परीक्षणका बेला त्यस्तो केही संकेत देखिएको थिएन ।

china3

बच्चाका पिता जोउ चेङलिनले अनावश्यक औलाहरु हटाउन मन भएको बताएका छन् । तर त्यसका लागि १५ देखी ७७ हजार अमेरिकी डलर लाग्ने थाह पाएपछि उनी हच्किएका छन् । ‘म सामान्य परिबारको व्यक्तिले यतिका पैसा कसरी जुटाउने उनले सार्वजनिक रुपमा भन्दै हिडेका छन् , कसैले आर्थिक सहयोग गरिदिएमा मेरो छोराको अनावश्यक औलाहरु हटाउने थिए।’

chaina4

चिकित्सकहरुले ६ महिना देखी एक बर्ष भित्रमा सर्जरी गरी सहजरुपमा औलाहरु हटाउन सकिने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *