आफ्नै फार्मेसी भएका सामुदायिक अस्पताललाई अनुदानमा प्राथमिकता

DSC00504

काठमाडौँ – आफ्नै फार्मेसी सञ्चालन भएका सामुदायिक अस्पतालले अनुदानमा प्राथमिकता पाउने भएका छन् । सरकारले सामुदायिक अस्पतालहरुलाई अनुदान दिने सम्वन्धी निर्देशिकाले आफ्नै फार्मेसी हुने अस्पतालहरुलाई नहुनेको तुलनामा ५ अंक बढी दिने उल्लेख छ ।

त्यस्तै बेड चार्ज एक सय भएमा ५ अंक, २ सय भएमा ४ अंक, ३ सय भएमा ३ अंक र सो भन्दा माथि भएमा अंक पाउने छैनन् ।

त्यस्तै ओपिडी चार्ज ५० रुपैयाँसम्म भए १० अंक, एक सय सम्म भए ८ अंक, १५० सम्म भए ६ अंक, २ सय सम्म भए ४ अंक र दुई सय भन्दा बढी भएमा अंक नदिने उल्लेख छ ।

त्यस्तै कुल बेडको १० प्रतिशत निशुल्क राख्ने सामुदायिक अस्पताललाई १५ अंक दिइने छ । तर १० प्रतिशत निशुल्क नराखेमा अंक सून्य हुनेछ । १० प्रतिशत भन्दा बढी बेड निशुल्क राखिएको छ भने प्रति दुई बेडका दरले २ अंक थप हुँदै जाने उल्लेख छ ।

त्यस्तै पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा उपलव्ध गराउने अस्पतलाहरुलाई २० अंक छुट्याइएको छ । त्यसमा क बर्गलाई २०, ख बर्गलाई १६ र ग बर्गलाई १२ प्रतिशत अंक वितरणको व्यवस्था गरेको छ ।

सामुदायिक अस्पतालहरुमा रहने पूर्णकालिन चिकित्सकको आधारमा पनि अनुदान बढी र कम हुने भएको छ । १५ बेडको अस्पतालमा १ जना पूर्णकालिन चिकित्सक २ अंकका दले अधिकतम १० अंक सम्म र विशेषज्ञ चिकित्सक १ जना भएपनि ५ नम्बर पाउनेछ ।

५० बेडसम्मको अस्पतालमा पूर्णकालिन चिकित्सक १ जना बराबर १ अंक दरले अधिकतम १० अंक र विशेषज्ञ चिकित्सक १.७ का दरले अधिकतम ५ अंक दिइने उल्लेख छ ।

५१ बेड देखि माथि पूर्णकालिन चिकित्सकको प्रति एक जना बराबर ०.५ अंकका दरले अधिकतम १० अंकसम्म र विशेषज्ञ चिकित्सक १ जना बराबर १ अंकको दरले अधिकतम पाँच अंक दिने उल्लेख छ ।

यसरी प्राप्त गर्ने कुल सयं अंकमा कम्तीमा ४० अंक ल्याउनुपर्छ । यसअघि सरकारले रकम विरतण गर्ने ठोस पद्धती थिएन । चिनजान र पहुचको आधारमा निजी सहकारी, सामुदायिक जुनसुक अस्पतालले जति पनि रकम लैजान्थे ।

यसपटक स्वास्थ्य मन्त्रालयले ५० करोड रकम अनुदानका लागि छुट्याएको छ । र सो रकम उपत्यका बाहिरका सामुदायिक अस्पतालले मात्रै पाउनेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *