अनसनमा बसेका बेरोजगारी युवा नेताहरुको स्वास्थ्य परीक्षण

aamarn

काठमाडौँ – स्वदेशमै रोजगारीको माग गर्दै राजधानीको रत्नपार्कमा तीन दिनदेखी आमरण अनसन बसेका बेरोजगार संघका नेताहरुको अल्का अस्पतालले निशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

अस्पतालका डा केशव अधिकारीको नेतृत्वमा आज विहान अनसन स्थल शान्ति बाटिका पुगेको स्वास्थ्यकर्मीको टोलीले एकीकृत माओवादी नेता चन्द्रबहादुर थापा सागर नेतृत्वमा अनसन बसेका १२ जनाको स्वास्थ्य परीक्षण गरेको हो ।

अनसन बसेका मध्ये ३ जनाको अवस्था गम्भिर पाइएपछि चिकित्सकले ‘डेष्टट्रोज पुस’ अर्थात नशाबाट ग्लुकोज पठाएर उपचार गरेको अस्पतालका ल्याव व्यवस्थापक नवराज थापाले बताए ।

गर्मीमा लगातार भोग हड्ताल गर्दा हाइपोग्लासिको समस्या हुन सक्ने भन्दै अस्पतालले अनसनकारीको स्वास्थ्य अवस्थालाई निगरानीमा राखेको अध्यक्ष कुमार थापाले बताए ।

उनीहरुको अवस्थामा थप कुनै समस्या आए अस्पतालले निशुल्क उपचार गर्ने प्रवन्ध मिलाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *