भूकम्पको एक बर्ष : यसरी सघाएका थिए विदेशी मेडिकल टिमले

DSC00017 copy
फाइल फोटो : सैनिक मञ्चमा रहेको जापानी मेडिकल टिम

रामप्रसाद न्यौपाने /काठमाडौँ – आज १२ बैशाख । विनासकारी भूकम्प आएको आज एक बर्ष पुगेको छ । गोरखाको बारपाक केन्द्र बनाएर आएको ७.८ रेक्टरस्केलको भूकम्पले करीब ९ हजारको ज्यान लियो भने २२ हजार बढीलाई गम्भीर घाइते बनायो । लाखौँलाई घरबार विहीन बनायो ।

गतवर्ष भूकम्प गएको तीन दिन भित्र नै विभिन्न देशबाट इमरजेन्सी मेडिकल टिम  उपचारमा सघाउन नेपाल आएका थिए ।  उनीहरुले उपचारमात्रै होइन महामारीजन्य रोग रोकथामका लागि समेत सघाएका थिए । त्यसैले पनि हुनसक्छ यति ठूलो विनास पछि पनि कहि कतै महामारी देखिन पाएन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गतवर्ष भूकम्प गएको तीन दिन भित्र इजराएल, जापान, भारत, बंगलादेश, पाकिस्तान, नेदरल्याण्ड, जर्मनी, हल्याण्ड, लगायतका देशबाट आएका मेडिकल टिमले सघाएका थिए । उनीहरु काठमाडौँ केन्द्रीत मात्रै भएनन् । जिल्ला जिल्लामा पुगेका थिए ।

त्यतिवेला जापानीज मेडिकल टिमद्धारा सिन्धुपाल्चोकको बाह्रविसेमा फिल्ड अस्पतालको व्यवस्था गरी सेवासुरु गरेको थियो । त्यस्तै इजरायलको मेडिकल टिमले नेपाली सेनाको अस्पताल परिषर छाउनीमा ७० बेडको अस्पताल स्थापना गरी सेवासुरु गरेको थियो । इन्डीयन आर्मी मेडिकल टिमद्धारा लगनखेल मा २५ बेडको अस्पताल व्यवस्था गरी सेवा सुरुगरेको थियो ।

त्यस्तै पाकिस्तानी मेडिकल टिमद्धारा भक्तपुरको सल्लाघारीमा १५ बेडको अस्पताल, इन्डियन आर्मी मेडिकल टिम र आर्म पुलिस फोर्सले सिनामंगलमा १५ बेडको अस्पताल तथा चाइनीज मेडिकल टिमले धुलिखेलमा ६० देखी ७० बेडको अस्पताल सञ्चालनमा ल्याई गहन सल्यक्रिया सहितको सेवा सुरु गरेको थियो ।

सैनिक मञ्च टुडिखेलमा जापानी टोलीले स्वास्थ्य सिविर अस्पताल नै सञ्चालन गरेको थियो । गोरखामा इन्डियन एयरफोर्स , डक्टर वल्र्डवाइड, टर्की रेडक्रस, एमएसआई र आएरल्याण्डको मेडिकल टिम पुगेर काम सुरु गरेका थिए ।

त्यस्तै सिन्धुपाल्चोकमा श्रीलंका, इन्डियन एयर फोर्स, डक्टर वर्डवाइड, इआयु आईएपआरसी , इमरजेन्सीटिम पोल्याण्ड, एनएसआई युके, इटाली, जापान, र आइरल्याण्ड टिमले सेवा दिएका थिए ।

मन्त्रालयका अनुसार धादिङमा सिंंगापुर टिम, इन्टरनेशनल मेडिकल कोअप्रेसन , मुम्वई टिमले सहयोग पु¥याएको थियो ।नुवाकोटमा भुटान आर्मी टिम, कतार रेडक्रस र एमएसआईले सेवा प्रारम्भ गरेका थिए ।

मकवानपुरमा एमएसआई, काभ्रेमा चाइनिजी मेडिकल टिम, रामेछापमा स्पेन , डक्टर्सफर यु इन्डिया, ओन हर्ट वल्र्डवाईड र गोरखामा इन्टरनेशनल मेडिकल कोअपरेसनले सहयोग गरेका थिए ।

काठमाडौको साँखुमा मेरि मलेसिया, इजरेल, सिंगापुर आर्मी, र रसुवामा अस्ट्रृेलियन र इआयु आईएफआरसिको टोलीले सेवा गर्न खटिएको थियो । इन्डोनेसियाको टोली बलम्वुमा खटिएको थियो ।

मन्त्रालयले त्यतिवेला अन्तराष्ट्रिय उद्धारकर्मीतथा उपचारका टोलीहरुको समन्वयमा तथा सम्पर्क सम्वन्धीत जिल्ला स्वास्थ्य कार्यालय , सम्वन्धीत अस्पतालहरु र नेपाली सेना, नेपाल रेडक्रस सोसाइटीलाई तोकेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *