गुणस्तरीय स्वास्थ्य सेवा लागि भन्दै राष्ट्रिय चिकित्सक संघले बुझायो ११ बुधे ज्ञापन पत्र

santoshकाठमाडौँ – आम सर्वसाधारणलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न राष्ट्रिय चिकित्सक संघ नेपाल ( एनडीए)ले स्वास्थ्य मन्त्री रामजनम चौधरीको ध्यानाकर्षण गराएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयमा पुगेको एनडीएको टोलीले मन्त्रीचौधरी समक्षा एघार बुदे ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा भूगोल र जनसंख्याको आधारमा स्वास्थ्य संस्थाको स्थापना र स्तरोन्नती गरि प्रयाप्त जनशक्तिको पदपूर्ति गर्दै सेवा दिन आवश्यक उपकरणरणको समेत व्यवस्था गर्न भनिएको छ ।

त्यस्तै स्वास्थ्य संस्था निर्देशिका २०७१ र विस्तारित अस्पताल सेवा तथा नन प्राक्टिस निर्देशिका २०७१ व्यवहारिक संसोधनगरी लागू गर्नुपर्ने, सरकारका केन्द्रीय अस्प्तालरु स्वास्थ्य मन्त्रालय अन्तर्गत राख्नुपर्ने र उपत्यका बाहिर काम गर्ने सरकारी चिकिन्तसकलाई राजधानी आएर काम गर्ने व्यवस्था गर्नुपर्ने माग उठाएको छ ।

पोलिक्लिनिक तथा डाइग्नोष्टिक सेन्टरको मापदण्ड तथा सिमा तोकि शुल्कको समेत निर्धारण गर्नुपर्ने, मन्त्रालयको संरचनामा उपचारात्मक, चिकित्सा शिक्षा तथा जनसंख्या विभाग स्थापना गर्नुपर्ने, सबै अस्पतालको फार्मेसी हुनुपर्ने, स्वास्थ्यकर्मीको बीमाको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

एनडीएले स्वास्थ्य मन्त्रालयको सचिव स्वास्थ्य सेवाका कर्मचारीबाट हुनुपर्ने माग समेत अघि सारेको छ । सुर्तीजन्य पदार्थको सन्देशमुलक चित्र सतप्रतिशत कायम राख्ने व्यवस्था तथा सुर्तीजन्य पदार्थको कर बृद्धि गरी स्वास्थ्य संस्थामा प्रत्यक्ष रकम उपलव्ध गराउने व्यवस्था गर्न समेत मन्त्री समक्ष माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन एनडीएका अध्यक्ष डा सन्तोष पौडेल, सचिव डा नविन पोखरेल लगायतका टोली मन्त्रालय पुगेको थियो ।

स्वास्थ्य मन्त्रीलाई बुझाएको ज्ञापन पत्र यस्तो छ :

l1

l2

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *