क्रिकेट कप्तान पारस खड्का बने सुनौला १००० दिन अभियानका सदभावना दूत

2काठमाडौँ – नेपाली क्रिकेटका कप्तान पारस खड्का सुनौला १००० दिन जनजागरण राष्ट्रिय अभियानका लागि सदभावना दूत नियुक्त भएका छन् ।

उनलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं उच्चस्तरीय पोषण खाद्य सुरक्षा निर्देशक समितिका अध्यक्ष डा. युवराज खतिवडाले विहीबार विशेष समारोहका बीच सदभावना दूत घोषणा गरे ।

नवघोषित सद्भावना दूत खड्काले गर्भवती महिला सुत्केरी तथा बालबालिकाको उचित स्याहार हेर बिचारमा ध्यान दिन अभिभावकहरुलाई आग्रह गरेका छन् । कुपोषणकै कारणले अहिलेपनि थुप्रै आमा तथा शिशुहरुको ज्यान जाने गरेको भन्दै पोषिलो खाना तथा सरसफाईमा समय तथा ध्यान दिन अनुरोध गरे ।

गर्भमा रहेदेखि १ हजार दिन अर्थात जन्मेको दुई बर्षभित्रमै बच्चाको ८० प्रतिशत शारीरिक तथा मानसिक विकास हुने भन्दै त्यो अबधीमा विशेष रुपमा ख्याल राख्न अनुरोध गरे । उनले सबैभन्दा बढी दायित्व पुरुष अर्थात श्रीमानको हुने भन्दै गर्भवती र सुत्केरी श्रीमती र नवजात शिशुको स्याहारमा विशेष ख्याल राख्न आग्रह गरे ।

नेपालमा मातृ बाल तथा शिशुमृत्यु दर विस्तारै घटदै गएको सकारात्मक भएपनि सतप्रतिशत अन्त्य गर्नेगरी अव अघि बढ्नुपर्ने बताए । ‘यसलाई हामी सबैले चाहेको खण्डमा रोक्न सक्छौँ,’ खड्काले भने ।

नेपालका महिला र बालबालिकाको पोषणस्थितिमा सुधार ल्याउन राष्ट्रिय योजना आयोगको समन्वयमा सुनौला १००० दिन जनजागरण अभियान शुरु गरिएको छ ।

नेपाल सरकार (राष्ट्रिय योजनाआयोग तथा स्वास्थ्यमन्त्रालय), युरोपेली युनियन र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)को साझेदारीमा अभियानको शुभारम्भ भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *