शरीरमा अक्सिजनको मात्रा पत्ता लगाउने ‘इलेक्ट्रोनिक स्कीन’को आविस्कार !

e skin

एजेन्सी – बैज्ञानिकहरुले शरीरमा बहने रगतमा अक्सिजनको मात्रा पत्ता लगाउन सक्ने इलेक्ट्रोनिक स्कीन (छाला) बनाएका छन् । एकदमै पातलो यो इ–स्कीन शरीरको कुनै भागमा टाँसेको खण्डमा शरीरमा अक्सिजनको मात्रा पत्ता लगाउन सकिने छ ।

अनुसन्धान कर्ताका अनुसार सर्जरीको बेला अंगमा हुने अक्सिजनको मात्रा जान्नको लागि यो इ–स्कीनको आविस्कार गरिएको हो ।
यो उपकरणमा अति साना इलेक्ट्रोनिक उपकरण जडान गरिएका छन् । यसमा शरीरमा भएको अक्सिजनको मात्राहरु रातो निलो र हरियो बत्ति बल्ने ब्यबस्था छ ।

यूनिभर्सीटी अफ टोकियोका अनुसन्धानकर्ताहरु फरक बत्ति बल्ने प्रविधिलाई परिमार्जित गरि अक्सिजनको मात्रा अंकमा देखिने तरिकाको खोजीमा समेत लागेका छन् ।

अनुसन्धानका प्रमुख टोमोयुकी योकोटा भन्छन्, ‘चिकित्सा विज्ञानको क्षेत्रमा यस्ता उपकरणहरु बरदान सावित हुनेछन् । शरीरमा लगाउँदा यो इ- स्कीनले रगतमा भएको अक्सिजनको मात्रा विना गल्ती निर्धारण गर्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *