नर्भिकको घोषणा, ‘थ्रि टेस्ला एमआरआई, १२८ स्लाइस सीटी र टेष्टट्युव बेबी छिट्टै ल्याउँदैछौँ ‘

DSC_4140काठमाडौँ – थापाथलिस्थित नर्भिक अस्पतालले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन संरचना विस्तार र अत्याधुनिक उपकरणहरु भित्रयाउने तयारी गरेको बताएको छ ।

उसले सरकारी मापदण्ड अनुसारको छुट्टै अत्याधुनिक भवन निर्माणका साथै अत्याधुनिक थ्री टेस्ला एमआरआई, ११८ स्लाइस सीसी क्षमताको सिटिस्क्यान मेसिन केही समय भित्रै जडान गर्ने बताएको हो ।

शनिबार अस्पतालको २३ औँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा अध्यक्ष बसन्तकुमार चौधरीले अत्याधुनिक भवन निर्माणसंगै अस्पतालमा मोडुलर सल्यक्रिया कक्षरु र अत्याधुनिक टेष्टट्युव बेबी सेन्टरको सेवा थप गर्न लागेको बताए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले नर्भिकको विश्वसनीय सेवामा चिकित्सक तथा कर्मचारीको अहम भूमिका रहेको भन्दै उनीहरुको खुलेर प्रशंसा गरेका थिए । उनले उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरिनुका साथैे ग्रेड थपिने, पदोन्नति गरिने आदि समेत बताए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. पंकज जालानले नर्भिक प्रतिको विश्वासलाई दृष्ठिगत गर्दै उत्कृष्ठ जनशक्ति पूर्वाधार र प्रविधिमार्फत नर्भिकलाई थप क्रियाशिलताका साथ विरामीको सेवामा लगाउने बताए ।

समारोहमा आफ्नो मन्तव्य राख्दै वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नर्भिकका पूर्व मुटुरोग विभागीय प्रमुख डा. भारत रावतले नर्भिक नेपालका लागि अपरिहार्य संस्था भएको बताए ।

DSC_4145

कार्यक्रममा नर्भिकमा निरन्तर १० वर्ष भन्दा बढी अवधिसम्म सेवा पु¥याउने दीर्घसेवी कर्मचारीहरू र उत्कृष्ट विभागीय प्रमुखलाई पुरस्कृत गरिएको थियो । त्यस्तै भूकम्पका बेला उत्कृष्ठ कार्य गरेका स्वास्थ्य सिविर तथा राहत कार्यक्रममा उत्कृष्ठ काम गरेका चिकित्सक तथा कर्मचारी गरी दुई दर्जन बढीलाई पुरस्कृत थता सम्मान गरिएको थियो ।

सो अवसरमा ड्रग फर्मुलारी बुकको लोकापर्ण समेत गरिएको थियो । लोकार्पण नेपालका अग्रणी फर्माकोलोजिष्ट तथा नेपाली सेना हस्पिटल तथा मेडिकल कलेजका फर्माकोलोजी विभागका विभागीय प्रमुख प्रा.डा. कुमुद काफ्ले, स्वास्थ्य मन्त्री चौधरी र नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले संयुक्तरुपमा गरेका थिए । यस्तो पुस्तक प्रकाशित गर्ने नेपालको निजी क्षेत्रका हस्पिटल मध्ये नर्भिक पहिलो हो ।
सन् १९९३ मा एउटा सानो नर्सिङ्ग होमका रुपमा स्थापित थियो ।

DSC_4345

भारतको मेदान्त जस्तै नर्भिक  : स्वास्थ्य मन्त्री

बार्षिककोत्सव समारोहमा प्रमुख अतिथि बनेका स्वास्थ्य मन्त्री रामजनम चौधरीले नर्भिक अस्पतालको सेवा भारतको मेदान्ता अस्पतालको जस्तै रहेको बताएका छन् ।

उनले जुनसुकै विरामीमा पनि नर्भिक पुगेपछि अब बाच्छु कि भन्ने आशा पलाउने गरेको दावी गरे । उनले नर्भिकको गुणस्तर र विरामीप्रति गरिने व्यवहारबाट आफू अत्यन्त प्रभावित भएको भन्दै प्रशंसा गरे ।

एक प्रशंगमा नर्भिकमा लामो समय काम गरी हालसालै भारत फर्केका मुटुरोग विशेषज्ञ डा. भारत  रावतलाई पुन नेपाल फर्केर विरामीको सेवा गर्न आग्रह गरे ।

मन्त्री चौधरीले अस्तपालका उत्कृष्ठ चिकित्सक तथा कर्मचारीलाई सम्मान गर्नुका साथै ड्रग फर्मुलारी बुकको लोकापर्ण समेत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *